
रामेछाप – सरकारले सुरक्षा व्यवस्था निकै कडा भएको बताएपनि रामेछाप जिल्लाको विभिन्न ठाँउमा बम पड्किएका छन् । खाँडादेवी गाउँपालिकाभरि बम नै बम भेटिएपछी जनता त्राहिमाम भएका छन् । गाउँपालिकाका विभिन्न ठाउँमा विद्युतीय बम बिस्फोट भएको हाम्रा सम्बाददाताले जनाएका छन् ।
ठाउँ ठाउँमा बम भेटिएका छन् । हाम्रा सम्बाददाताका अनुसार खाँडादेवी गाउँ पालिका ७ मा चोप्राङ मावि र कृष्ण उमाविबाट १ किलोमीटरको फरकमा सिलिन्डर बम बिस्फोट भएको छ भने चोप्राङ माबीबाट डेढ किलोमीटरको फरकमा विद्युतीय माइन बिस्फोट भएको छ । यता खाडादेवी गाउँ पालिका कै १ र ९ मा पनि बुथ नजिकै बिस्फोट भएको छ भने मन्थली नगरपालिका २ को बुथ नजिकै पनि टाइम बम फेला परेको छ ।
ठाउँ ठाउँमा बम भेटिनु र पड्किनुले सुरक्षा चुनौती थपिदिएको छ भने सुरक्षा व्यवस्थामाथि पनि प्रश्न उठेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्