
काठमाडौँ – गत स्थानीय निर्वाचनको बेला तत्कालीन विवेकशील पार्टीको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवावी दिएकी २१ वर्षीय रन्जु दर्शना यतिबेला गुमनामजस्तै छिन् । सानै उमेरमा उम्मेदवारी दिएर पनि २३ हजार बढी भोट ल्याएर चर्चाको शिखर चुमेकी दर्शना उतिबेला मिडियादेखि हरेक चिया पसलसम्म ‘हाइलाइट’ बनेकी थिइन्।
आउंदै गरेको प्रतिनिधिसभा र प्रदेशासभाको निर्वाचनका निम्ति उमेरहदका कारण रन्जु मैदानमा आउन सकिनन् । संसदको उम्मेदवार बन्नका लागि २५ वर्ष उमेर पुगेको हुनुपर्छ तर उनी भर्खर २२ वर्षकी भइन ।यद्यपि मतदाता र उनका समर्थकहरुले किन मैदानमा औनुभएं भन्ने जिज्ञासाको भने ओइरो नै लागेको उनी बताउछिन। ‘मलाई मात्र होइन, हाम्रो सिंगो पार्टी पंक्तिलाई प्रत्येक दिन यो प्रश्न आएको आयै छ,’ रञ्जुले सुनाइन्, ‘यो मतदाताहरुको मप्रतिको माया र भरोसा हो ।’
तर पनि अहिलेको विवेकशील साझा पार्टीको तर्फबाट चुनावी मैदानमा रहेका उम्मेदवारहरुलाई भोट माग्नका लागि भने रन्जु दौडाहामै छिन्।‘मलाई पनि यो चुनावमा उठ्न मन थियो,’ उनले भनिन्, ‘तर, उमेर नपुगेपछि के लाग्यो र ? स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उठेकी रञ्जुले ठूला दलहरुलाई अनपेक्षित धक्का दिएकी थिइन् । २३ हजारभन्दा बढी मत ल्याएर उनी एमाले र कांग्रेसका उम्मेदवारपछि तेस्रो स्थानमा रहिन् ।
गत तिहारदेखि रञ्जुले घरमा आफैंले सेलरोटी बनाएर बेच्न सुरु गरेकी थिइन् । उनको यो व्यवसायलाई चुनावले प्रभावित बनाइदिएको छ ।चुनावी अभियानमा हिँड्नु परेकाले सेलरोटीको व्यवसाय अलि सुस्त भएको उनले बताइन् । – एस काठमाडौँ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्