
भरतपुर – शनिबार माओवादी केन्द्रमा प्रवेश गरेका राप्रपा प्रजातान्त्रिकका चितवन जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले आफू माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपाको कार्यालयमा ताल्चा लागेको बताएका छन् ।
आइतबार चितवनको चनौलीमा आयोजित चुनावी सभामा बोल्दै नेता तिमिल्सिनाले भने, “हिजोसम्म म राप्रपामा थिएँ, अघिल्लोपटक बिक्रम पाण्डेलाई जिताएँ, यसपटक प्रचण्डलाई जिताएर चितवनको मुहार फेरिएको हेर्न चाहन्छु। कतिपयले भन्छन्, बिक्रम पाण्डेले चुनाव जित्छ । तर, म माओवादीमा आएपछि राप्रपाको कार्यालयमा ताल्चा लागेको छ । अब हामी २० हजार मत अन्तरभन्दा बढी मतले प्रचण्डलाई जिताएर देखाउँछौं ।”
“देशको राजनेतालाई जिताउनु हुन्छ कि ठेकेदारलाई जिताउनु हुन्छ ? ठेकेदारले चितवनको विकास गर्छ भन्ने कल्पना गर्न सकिएला ? नेता तिमिल्सिनाले भने, “प्रचण्ड देशको राजनेता हो । बरु प्रचण्डका लागि चितवन नचाहिन सक्छ । तर, चितवनका लागि प्रचण्ड चाहिन्छ। प्रचण्डले जिते मात्रै चितवन फेरिन्छ, देश फेरिन्छ ।”
कार्यक्रममा एमाले नेता देवी ज्ञवालीले कम्युनिष्टहरुको एउटै केन्द्र बनाउने आफ्नो अधुरो सपना ओली र प्रचण्डले पूरा गर्न लागेकाले आफूले प्रचण्डलाई जिताउन कम्मर कसेको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्