
निर्वाचन नजिकै जाँदा देशभर बम बिस्पोट र गोलीकाण्डका घटनाहरु बढ्दै गइरहेका छन् । रूकुममा माओवादी नेता जनार्दन शर्मामाथी गोली प्रहार र रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडी एम्बुस बिस्फोटमा परेको एक साता नबित्दै संखुवासभामा पुनः एम्बुस बिस्पोट भएको छ ।
मंगलबार बिहान संखुवासभामा बाम गठबन्धनका ४ जना केन्द्रीय नेताहरु सवार गाडी अज्ञात समूहले थापेको एम्बुस बिस्पोटमा परेको छ । एम्बुस बिस्पोटलगत्तै अर्को १ वटा बम पनि बिस्पोट भएको बताइएको छ ।
मंगलबार चुनावी सभालाई सम्बोधन गर्नका लागि धुपुबाट बाह्रबिसे जाँदै गरेको गाडी बिस्पोटमा परेको इमान्दार मिडियालाई गोप्य स्रोतले बतायो । बिस्पोटका कारण गाडीमा क्षति पुगेको छ भने नेताहरु शकुसल रहेको बताइएको छ।
इमान्दार मिडियालाई प्राप्त जानकारी अनुसार गाडीमा एमाले नेता राजेन्द्र गौतम, समानुपातिक सभासद् इन्दिरा मिश्र ‘चेतना’, माओवादी केन्द्रका नेता राजेन्द्र कार्की ‘नबिन’ र पूर्ण राईसहित अन्य नेताहरु सवार रहेका बुझिएको छ।
एम्बुसमा परेको गाडीमा सवार नेताहरु संखुवासभाको बाह्रबिसेमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि बिहानै त्यसतर्फ हिडेका हुन् । उक्त बिस्पोटपछि त्यहाँको स्थिति तनाबग्रस्त बनेको थियो ।
नेताहरु सवार गाडी एम्बुसमा परेलगत्तै आकाशमा हेलिकप्टरले केही समय गस्ती समेत गरेको छ भने घटनास्थलतर्फ सुरक्षाकर्मीहरु पठाइएको छ। बिस्पोट कसले र किन गराएको हो भन्ने बारे यो समाचार तयार पार्दासम्म कुनै पनि निकायबाट आधिकारिक जानकारी प्राप्त भएको छैन ।
पछिल्लो समय निर्वाचनमा हुमिएका दलका उम्मेदवार र नेताकार्यकर्ता चढेका सवारीसाधन र नेताहरु अज्ञात समुहको एम्बुस र गोलीको निशानामा पर्न थालेका छन्। हिजो आज देशैभर उम्मेदवारहरुमाथि चरणबद्ध रुपमा आक्रमणहरु भइरहेका छन् ।
शुक्रबार रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडी जमिनमुनि बिछ्याइएकाे बिद्धुतिय धराप बिस्फोटमा परेको थियो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्