रुकुम – पश्चिम रुकुमको आठबिसकोट नगरपालिका –११ स्थित नेपाल राष्ट्रिय मावि गतसैना मतदान स्थलको (ख) मतदान केन्दको समानुपातिक मत पेटिकामा पनि आगो लागेको छ ।
घटनामा संलग्न भएको आरोपमा सोही मतदान केन्द्रमा खटिएका कांग्रेसका प्रतिनिधि केशव बहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि समानुपातिकतर्फको मतदान रोकिएको निर्वाचन अधिकृत कृण्ण शर्माले जानकारी दिए ।
आगलागी कसरी भयो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।