×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेसबुकको मिनी आइपिओ किन्न पाइएन, सगुनको किन्ने कि ? अव केही घण्टा बाँकी

PRIME CA

फेसबुकको मिनी आइपिओ किन्न पाइएन, सगुनको किन्ने कि ? अव केही घण्टा बाँकी

१३ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं–एक छिन कल्पना गरौं, फेसबुकले साधारण सेयर निस्कासन गरेको भए तपाईंले कति लगानी हुन्थ्यो । एउटा तन्नेरी मार्क जकरवर्गलाई त्यही फेसबुकले डलर अर्बपतिको सूचीमा टप टेनमै ल्याइ दिएको छ । त्यस्तो कम्पनीमा अबसर पाएको भए कसले  लगानी नगला ? तर त्यतिखेर सर्बसाधारणले लगानी गर्न पाउने कानुन थिएन । अमेरिकाले भविष्यमा राम्रो सम्भावना बोकेका कम्पनीलाई लगानी गर्ने बाटो खुलाउने कानुन जब्स एक्ट ल्यायो, त्यही कानुनअन्तर्गत स्वीकृत पाएर सेयर निस्कासन गर्दै बजारमा आएको छ सगुन डटकम । नेपालीले डेभलप गरेको सगुनले विदेशमा बस्ने नेपालीलगायतका लगानीकर्ताका लागि ल्याएको छ लगानीको अपूर्व अबसर । 
सगुनले ल्याएको मिनी आइपिओमा नेपालबाहेक विश्वभरबाट लगानी गर्न सकिन्छ । सगुन डटकम÷इन्भेस्ट मा गएर बैकबाट वायर गरेर वा क्रेडिट÷डेविट कार्डमार्फत सगुनमा लगानी गर्न सकिन्छ । 
हरेक प्रयोगकर्तालाई आफूले कमाएको आम्दानी बाँड्ने फरक कन्सेप्ट लिएर आएको छ सगुन । नेपाली इन्जिनियरले विकास गरेको सगुनले अमेरिकाको सेयर बजारको नियामक निकाय सेक्युरिटी एन्ड एक्स्चेन्ज कमिसन (एसइसी) बाट मिनी आइपिओ निस्कासन गर्ने अनुमति पाएको हो । 
सगुनले फेसबुक, ट्वीटर, स्न्यापच्याटलगायतका विशेषता भएको एउटै प्लेटफर्मको परिल्पना गरेको छ । त्यसबाहेक बिजनेस नेटवर्किङ प्लेटफर्मका रुपमा यसले प्रयोगकर्तालाई आफ्नो आम्दानीको हिस्सा बाँड्ने योजना समेत अगाडि सारेको छ । अहिलेका आइटीका ठूला कम्पनीहरु फेसबुक, अलिबाबा, उबर, गुगल, ट्विटरजस्तै बन्न सक्ने सम्भावन बोकेको सगुनमा थोरै रकम बचाउनेहरुका लागि पहिलो पल्ट लगानीको यस्तो अबसर आएको हो ।  
सगुनको आइपिओमा प्रतिकित्ता २३ रुपैयाँ दरका कम्तीमा १ हजार डलर लगानी गरेर सेयर किन्न सकिन्छ । लगानी नगरी मुनाफाको कल्पना गर्नु बेकार छ । लगानी गर्दा कहिलेकाहीँ बम्पर लटरी समेत पर्न सक्छ मार्क जुकरबर्गलाई फेसबुक खोल्दा परेजस्तै । लगानी गर्ने समय अव केही घण्टा मात्र रहेको छ । नोबेम्वर ३० तारिकको बेलुका १२ बजे अमेरिकी समयसम्म रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: