
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं : राष्ट्र बैंकका जागिरे सजन ढकाल र उनकी पत्नी क्रिष्टिना अधिकारी फिल्म ‘झ्यानाकुटी’ फोटो कन्टेस्टको विनर बनेका छन् । प्रिती चाउचाउसंगको सहकार्यमा फिल्म युनिटले प्रदर्शन अगाडी उक्त कन्टेस्ट सार्वजनिक गरेको थियो । विजेताजोडी क्रिष्टिना अधिकारी र सजन ढकाललाई नगद ५१ हजार हस्तान्तरण गरेको छ । नोभेम्बर ४ मा क्रिष्टिनाले फेसबुकमा सजनलाई बोकेको तस्वीर पोष्ट गरेकी थिइन् । उनको तस्वीरमा १२ सय भन्दा बढी लाइक प्राप्त भएको थियो भने ’झ्यानाकुटी फोटो कन्टेस्ट’ का लागि राखिएको सम्पूर्ण शर्त पुरा भएको निर्माण टीमले जनाएको छ।
कन्टेस्टकी विजेता क्रिष्टिना अधिकारीले निशाको फेसबुकमार्फत यसको जानकारी पाएको र श्रीमानसँग कुरा गरेर फोटो क्लिक गरेको बताइन् । ‘सुरुमा कस्तो कस्तो लागेको थियो तर फेसबुकमा अपलोड गरिसकेपछी आएको कमेन्टसले पनि खुसि नै बनायो। पछी आफ्नै तस्विरले पुरस्कार जितेको थाहा पाउदा अत्यन्तै खुशी लागेको छ।’
फिल्मका निर्देशक सिमोश सुनुवारले बोक्ने र बोकिने दुवैको मुहारमा मुस्कान देखिने भएकै कारण यस कन्टेस्ट ल्याएको बताए । दोस्रो सातामा प्रदर्शन भइरहेको फिल्मले पहलो सातामै लगानी सुरक्षित गरिसकेको सिमोशले जानकारी दिए।
बिजेता जोडी बैंकर ज्ञानु कृष्ण अधिकारीका छोरी ज्वाइ हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्