×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : आइएमई जनरल इन्सुरेन्सले आफ्नो गल्ती सच्यायो, गैरकानुनी रजिष्टर्ड चिन्ह हटाइयो !

अर्थ सरोकार

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलवार

PRIME CA

अर्थ सरोकार समाचार प्रभाव : आइएमई जनरल इन्सुरेन्सले आफ्नो गल्ती सच्यायो, गैरकानुनी रजिष्टर्ड चिन्ह हटाइयो !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- रजिस्टर्ड चिन्ह राख्न योग्य नै नभई गैरकानुनी रुपमा आफ्नो लोगोमा रजिष्टर्ड चिन्ह राखेको खबर अर्थ सरोकार डटकमले ब्रेक गरेपछि अन्तत: आइएमइ जनरल इन्सुरेन्स कम्पनीले आफ्नो गल्ती स्वीकारेको छ । अर्थ सरोकार डटकमले गैरकानुनी रुपमा लोगो बनाइ प्रचार प्रसार गरेको भन्दै कम्पनीको गैरकानुनी कामको पर्दाफास गरेको थियो । अहिले कम्पनीले आफ्नो वेव साइटमामात्रै होइन, फेसबुक तथा लोगो प्रयोग भएका अन्य ठाउँमा पनि रजिष्टर्ड चिन्ह हटाएर प्रचार प्रसार गरिरहेको छ भने हटेको रजिष्टर्ड चिन्ह भएको अर्थात रजिष्टर्ड चिन्ह नभएको लोगो राखेर पुन: प्रचार प्रसारमा कम्पनी जाने भएको छ । 
आइएमइका प्रतिनिधिले अर्थ सरोकारलाई दिए धन्यवाद !
यसैबीच अर्थ सरोकार डटकमका सम्पादकलाई सम्पर्क गरी आइएमइ जनरल इन्सुरेन्सका एक उच्च तहका प्रतिनिधिले सम्पर्क गरी सुध्रीनी मौका दिएकोमा धन्यवाद दिएका छन् । ‘हामी यस विषयमा अन्जान थियौं । अर्थ सरोकार डटकमको समाचार पढेपछि यस विषयमा अन्य जानकारी लियौं । हाम्रो तर्फबाट गल्ती भएको रहेछ । र उक्त गल्तीलाई हामीले सच्यायौं ।’ उनले भने । यता अर्थसरोकार डटकमको फलोअप समाचार पढेपछि कम्पनीका अध्यक्ष हेमराज ढकालले पनि उक्त लोगो तत्काल सच्याउन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका थिए । उनले सुरुमा पहिला यो विषयलाई खास संवेदनशील विषय मानेका थिएनन् । 

उद्योग विभागका कर्मचारी भन्छन्, ‘अर्थ सरोकारको समाचारले ट्रेडमार्क सम्बन्धि चेतना फैलियो’
यसै बीच अर्थ सरोकार डटकमले प्रकाशित गरेको समाचारपछी आइएमइ जनरल इन्सुरेन्स कम्पनीले आफ्नो लोगोबाट गैरकानुनी रजिष्टर्ड ट्रेडमार्क हटाएको भन्दै उद्योग विभागका कर्मचारीले अर्थ सरोकारलाई धन्यवाद दिएका छन् । आइएमइ जनरल इन्सुरेन्स कम्पनीले प्रयोग गरेको गैरकानुनी ट्रेडमार्क विषयमा के कसो भयो भन्ने जानकारी लिन उद्योग विभागमा सम्पर्क गर्दा विभागका कर्मचारीले समाचारको प्रभाव परेको र अर्थ सरोकार डटकममा फलोअप समाचार आएसँगै कम्पनीले आफ्नो गल्ती स्वीकार्दै उक्त गल्तीलाई सच्याएको बताएका छन्। उनले ट्रेडमार्क सम्बन्धि चेतना फैलाउन अर्थ सरोकारले महत्वपूर्ण भूमिका खेलेको भन्दै समेत धन्यवाद दिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: