
- सुरज प्याकुरेल / सम्पादकीय
देशमा चुनावी माहोल छ । जनताले जनताका लागि जनताबाटै प्रतिनिधि चुन्ने समय भनेर चोक चोकमा डम्फु फुकिएको छ । तर ‘कायर’हरुले समय समयमा देखाउने कालो कुकृत्य देखेपछि लाग्छ, ‘देशमा लोकतन्त्र होइन, लुटतन्त्र मौलाएको छ । सत्ताको स्वादमा जनताको अधिकारमाथि बलात्कार गरेर खुलेआम भीआइपीको बिल्ला भिर्नेहरुको संख्या बढेको छ । र शिक्षा, स्वास्थ्य वा कुनै व्यवसायका नाममा देशमा उही लूट छ । फगत शैली फेरिएको छ ।’
‘राणा शासन’ को अन्त्य अझै भएको छैन जसरी आज दिन दहाडै राणाहरुले प्रेसको घाँटी निमोठ्ने काम गरेका छन् । जातीय वा साम्प्रयादिक तत्वलाई एउटै टोकरीमा नराखी ठण्डा दिमागले सोच्ने हो भने अझै पनि देश सेरोमोनियल राणाले चलाएको कुरामा दुइमत अव देखिएन । सिंहदरवार घुमेर बालुवाटारमा बस्ने राणा समूहले सत्तामा मात्र होइन कलेज कलेजमा हाम्रा चेलीबेटीहरुमाथि खुलेआम हातपात गरेर राणा शाशनको झल्को दिएका छन् । अनि प्रहरी प्रशासनलाई आफ्नो मुठीको खेल सम्झने उनीहरु यस्तै सोचीरहेका छन् कि, ‘देश फगत लुट्नेहरुका लागि हो ।’
आइतबार यस्तै घटना घट्यो काठमाडौँमा । आइएमएस कलेजको पढाइ निकै नै तल्लो स्तरको रहेको र ट्रान्सफर माग्दा समेत नदिएको भन्दै उक्त कलेजमा पढ्ने विद्यार्थीले मिडिया गुहारेपछी यसबारे बुझ्न कलेज पुगेकी महिला पत्रकार कान्ता गिरी र क्यामरापर्सन दुर्शन खत्रीमाथि कलेजकि प्रिन्सिपल र आफुलाई प्रधानमन्त्री पत्नी आरजु राणाको नजिक मान्छे बताउने भावना राणाले दुर्व्यवहार गरिन् ।
सत्ताको पावर देखाएर निर्दोष महिला पत्रकार र क्यामरामा दृश्य कैद गर्न गएका फोटो पत्रकारलाई हनुमानढोका पुर्याउने उनको प्रयास सफल नभएपनि उनले उही पुरानो निरंकुशताको भान हुने गरी दुइ हात माथि उफ्रने प्रयास गरिन् । र गरिन् एउटा दुष्प्रयास, प्रेसको जीब्रो थुतेर जनताको सुसुचित हुन पाउने अधिकारमाथिको दमनको । आफ्नो कलेजको कर्तुत बाहिरिने भएपछी उनले समाचार संकलनका लागि आइतबार कलेज परिसरमा पुगेका टिभी टुडे टेलिभिजनका पत्रकारद्वयलाई दुर्व्यवहार गर्दा उनले के के बोलिन्, केहि बाहिर नै आएका छन्, केहि बाहिर ल्याउन नसकिने खालका छन् । किनकि फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज हुन्छ यो समाजमा । र ती फोहोर गर्नेलाई यो लाजको अनुभूति छैन ।
देशमा पटक-पटक राजनीतिक परिवर्तन भयो । परिवर्तनको संवाहकको रुपमा रहेको नेपाली प्रेस जगतको योगदान साराले बुझेका छन् । तर देशमा मौलाएको मौन शैक्षिक भ्रष्टाचारका विरुद्ध राज्यले अनुमति दिएर पत्रकारिता गरिरहेकी एउटी चेलीमाथि महिलाले नै दुर्व्यवहार गर्नुका पछाडी देशमा कति स्वतन्त्र छ एउटा नागरिक भन्ने तथ्य बुझ्न गार्हो छैन ।
निरङ्कुशताको बानी परेका ती कायरहरु सोच्दा हुन्, ‘पावरका भरमा यी प्रेसका प्रतिनिधिहरुलाई पराजित गरिनुपर्छ ।’ तर तीनीहरुलाई के थाहा, ‘माटोको मायाले मनभित्रै छोएर जनताका पक्षमा लेख्ने र बोल्ने कसम खाएका हाम्रा चेलीहरु निरन्तर लेखिरहनेछन्, बोलीरहनेछन्, समाचार जनताका पक्षमा ।
कुरा टिभी टुडे टेलिभिजनकि पत्रकारमाथि दुर्व्यवहार भएको मात्र होइन । आज सिंगो मिडिया क्षेत्रमा निरकुंशहरुले अंकुश लगाउने दुष्प्रयास हो यो । फोहोरलाई जति थुकेपनि त्यो फोहोरीपना नसकिएजस्तै ती कायरहरुको यो हर्कतलाई जति थुकेपनि कम हुन्छ । अन्त्यमा टीभी टुडे टेलिभिजनकि पत्रकार आदरणीय सहपाठी कान्ता गिरी र दुर्शन खत्रीमाथि भएको दुर्व्यवहारको अर्थ सरोकार डटकम खेद प्रकट गर्दछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्