×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्वाचनमा गडबडी गर्ने एआइजीको सरूवा, यसकारण रातारात भयो निर्णय !

PRIME CA
GLOBAL IME BANK

निर्वाचनमा गडबडी गर्ने एआइजीको सरूवा, यसकारण रातारात भयो निर्णय !

१२ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रहरी नायव महानिरीक्षकबाट पदोन्नती भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्ये दुई जनाको कडा जिम्मेवारी परेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरे लगत्तै एआइजीद्वय मधु पुडासैनी र माधव नेपाललाई क्रमश ५ र ७ नं को जिम्मेवारी दिएर पठाइएको छ । उनीहरूलाई पदस्थापान गरिएको स्थानमा यसअघि मिङ्मार लामा र विजय भट्टलाई जिम्मेवारी दिइएको थियो ।
सरकारले ११ बाट १५ जना एआइजी बनाएपछि पालैपालो दुई–दुई महिनामा सरूवा शुरू गर्दे उनीहरूलाई निर्वाचनको मुखमा त्यहाँ सरूवा गरिएको हो । अघिल्लो पटक कार्य क्षमतामा अब्बल रहेपनि नेपाल र पुडासैनी छुटेका थिए । विजय भट्ट सुदुरपश्चिमकै भएका कारण उनले निर्वाचनमा प्रभाव पार्न नसक्ने आँकलन गरी माधव नेपाललाई पठाइएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाको स्वकीय सचिव भानु देउवाको पहलमा उनलाई त्यहाँ लगिएको स्रोतले जनाएको छ भने पुडासैनी खुमबहादुरको असली मान्छे भएकै कारण मिङ्मारलाई सरूवा गराएर ५ नं प्रदेशको जिम्मेवारी दिएको स्रोतले जनाएको छ । 
७ नम्बर प्रदेशको डडेलधुरामा प्रधानमन्त्री र सोही प्रदेशको कैलालीमा उनकी पत्नी आरजु देउवा उम्मेदवार छन् । उनीहरूको अवस्थालाई ध्यानमा राखेर प्रधानमन्त्रीका स्वकीय सचिवकै आग्रहमा त्यहा लगिएको स्रोतले जनाएको छ । सुदूरपश्चिमकै भएपनि भट्टलाई भानु देउवाको निर्देशन मान्न कठिन हुने भएकाले पनि नेपाललाई एआइजी बनाएर जिम्मेवारी दिएको स्रोतको दाबी छ । यसअघि पनि नेपाल सोही प्रदेशमा क्षेत्रीय प्रहरी प्रमुखका रूपमा डिआइजी भएर बसेका थिए । पछिल्लो पटक बढुवा हुनेहरूमा हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठ रहेका छन् । उनीहरू यसअघि नै बढुवा हुनपर्ने भएपनि भट्ट र लामालगायतका प्रहरी अधिकारीलाई बढुवा गरिएको थियो । ट्राफिकबाट हटाएर बढुवामा पारिए पनि लामालाई माओवादीको आरोप लगाएर ५ नं प्रदेशबाट प्रहरी प्रधानकार्यालयमा सरूवा गरिएको छ भने भट्टलाई सुरक्षा परिषदमा सरूवा गरिएको छ । 
प्रहरीका लागि सुरक्षा परिषदको दरवन्दी भनेको कारवाही जस्तै हो त्यहाँ प्रहरीका सम्पर्क सम्बन्धबाट टाढा रहने अवस्था हुन्छ । उनीहरूको बढुवा पनि अन्य डिआइजीहरू बढुवा भएको सातमहिनापछि सरकारले रातारात दरबन्दी थपेर गरेको हो । गत हप्ताको सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सविच, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठकबसी चार डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।
मुलुक निर्वाचनमय भएकै अवस्थामा उनीहरूलाई बढुवा गरेर प्रदेश पठाउने हतारो सरकारले गरेको थियो । निर्वाचन आचारसंहिताले बढुवामा रोक लगाएको भएपनि प्रहरी महानिरीक्षक प्रकाश अर्यालको सहित सहमतिमा प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा सिफारिस गरेका थिए । सरकारले यही कात्तिक २० गते निर्वाचन आयोगसँग दुईजना एआजी बढुवाका लागि अनुमति लिएको थियो भने दुईएआजी बढुवाका लागि त्यसैदिन निर्वाचन आयोगबाट जबस्जस्ती सहमति लिइएको थियो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: