
काठमाडौँ – नेकपा एमालेका नेता शंकर पोखरेल प्रदेश नं ५ को मुख्यमन्त्री बन्ने अपेक्षाका साथ यतिबेला चुनावी अभियानको सिलसिलामा दाङमा छन् । प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनका लागि कोसिस गरेका पोखरेलले उक्त योजना असफल भएपछी प्रदेशासभाको लागि जिल्लाको क्षेत्र नं २ को १ बाट प्रदेशसभा चुनाव लड्दै छन् ।
नेपाली कांग्रेसका पूर्व जिल्लासचिव कमलकिशोर घिमिरे पोखरेलका चुनावी प्रतिस्पर्धी हुन्। उनी एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डकै सुझावमा प्रदेश ५ को मुख्यमन्त्री बन्ने गरी दाङ गएका हुन्। दुवै पार्टीको समर्थनमा उनलाई त्यहाँको मुख्यमन्त्रीको रुपमा चित्रण गरिएकोले अहिले पोखरेल यही नारा लिएर आफ्नो चुनावी प्रचारप्रसारमा व्यस्त रहेका छन्।
स्थानीय तहको असार १४ गते सम्पन्न निर्वाचनमा पोखरेलले चुनाव लड़ने क्षेत्रका अधिकांश स्थानमा वर्तमान वाम गठबन्धनका एमाले र माओवादीले नै विजय हासिल गरेका छन्। त्यही मतको गणितलाइ आधार मान्ने हो भने उक्त क्षेत्रमा वाम गठबन्धनको पक्षमा १८ हजार १२ मत रहेको छ भने कांग्रेसको पक्षमा ९ हजार ६ सय ५२ मत रहेको छ। यसरी कांग्रेसको भन्दा वाम गठबन्धनको ८ हजार ३ सय ६० मत पोखरेलले पाउने देखिन्छ। यसलाई आधार मान्दा थोरै बल गर्दा पनि शंकरले सजिलै चुनाव जितेर प्रदेश ५ को मुख्यमन्त्री हत्याउने दाउ गरेर अहिले चुनावमा होमिएका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्