Skip to content
LAXMI SUNRISE BANK

सेयर लगानीकर्ता संघभित्र ‘अबुझपन’को गन्ध, निकालियो ‘केटाकेटी’ पाराको यस्तो ‘हावा’ विज्ञप्ति !

अर्थ सरोकार

  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 

काठमाडौँ- लगानीकर्ताहरुको हक हितमा राम्रै काम गरिरहेको चर्चा नेपाली पूँजी बजारमा चलिरहेका बेला सेयर लगानीकर्ता संघ नेपालले आफ्नो अबुझपनको पराकाष्टा देखाउँदै लगानीकर्ताहरुको आँखामा छारो हाल्ने प्रयास गरेको छ । बजार घटेको आवेगमा लगानीकर्ताहरुलाई संघले सामसुम पार्ने प्रयास गरेको छ । नेप्से र अनलाइन प्रणाली निर्माता कम्पनी वाईको बीच कमिसनको कुरा नमिल्दा काम नै सुरु नभएको थाहा पाउँदा पाउँदै तीनै व्यक्तिको हवाला दिंदै संघले अनलाइन ट्रेडिङ छिटै आउने दावी गरेका छन् । अनलाइन ट्रेडिङ नआउँदा बजार लगातार घटेपछि लगानीकर्ता संघले लगानीकर्ताहरुलाई संयमित हुन आग्रह गरेको हो । अझ रमाइलो कुरा त के हो भने अनलाइन निर्माता कम्पनीले यहि संघलाई केहि समयअघि डेमो देखाउने भनेर अनलाइनको ‘फ्लोचार्ट’ देखाएर ‘वेवकुफ’ बनाएर पठाएको थियो । 
संघको विज्ञप्तिमा भनिएको छ, ‘नेप्सेका प्रमुख कार्यकारी अधिकृतलाई भेटी सत्य तथ्य कुरा के हो भनी छलफल गर्दा निजले कुनै पनि हालतमा अनलाइन सेवा चाडो भन्दा चाडो आउने कुराको सुनिस्चितता गर्नु भएको छ।’  नेप्से र वाईकोका प्रतिनिधिलाई सोध्दा त चांडो आउँछ, वा ल्याउनुपर्छ भन्छन् नै, भन्ने कुरासमेत नबुझी ‘केटाकेटी’ पाराले संघले बिज्ञप्ति निकालेको छ । यो बिज्ञप्तिसँगै संघ कतै काँचो पो हुँदै गएको हो कि भन्ने भानसमेत लगानीकर्तालाई परेको छ ।
संघले आफु नै उक्त काममा संग्लन भएकोजसरी हौवा पिट्ने प्रयास गरेको छ । ‘भेन्डर कम्पनी वाईको प्रालिले पनि सम्झौता अवधि भन्दा अगाडी नै नेपालको पूँजी बजारमा अनलाइन सेवाको सुरुवात हुने कुराको सुनिस्चितता भएको छ ।’ विज्ञाप्तिमा उल्लेख छ । तर लगानीकर्ता संघले यसको कसरी सुनिस्चितता गरेको हो भन्ने कुरा भने कि लगानीकर्ता संघले बुझ्ला कि भगवानले बुझ्लान् । संघले अनलाइन प्रणाली चांडो भन्दा चांडो आउने कुरामा विश्वस्त रहन आग्रह गर्दै विज्ञप्ति निकालेको छ । संघको विज्ञप्ति पढ्दा बिगतमा नेप्सेले जारी गरेको विज्ञप्ति र प्रतिबद्धता जस्तै देखिन्छ ।
अधिकांस साना लगानीकर्ताले पत्याएको संघ भनेर चिनिएको सेयर लगानीकर्ता संघको यस्तो ‘केटाकेटी पाराको’ बिज्ञप्तिपछि संघ कति पानीमाथि रहेछ भन्ने कुराको समेत पुष्टि गरेको छ । अनलाइन ट्रेडिङ निर्माण प्रक्रिया कहाँ पुग्यो ? के हुँदैछ ? लगायतका कुराहरुको वास्ता नगरी ‘चोरले मैले चोरेको छैन भन्यो, त्यहि भएर चोरले चोरेको होइन’ भन्ने शैलीमा विज्ञप्ति निकाल्नुलाई लगानीकर्ताहरुले अर्थपूर्ण रुपमा हेरेका छन् ।
पढ्नुहोस् पूरै विज्ञप्ति :
        
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK