
काठमाडौं – नबिल बैंकका सीइओ शशिन जोशीले नबिल बैंक छाड्ने भएका छन् । ‘टार्गेट’ अनुसार काम नगरेको आरोपपछी शशिन जोशीलाई बैंकका संचालकहरुले नै नबिल बैंक छाड्ने घुमाउरो दबाव दिएपछी उनले बैंक छाड्ने भएका हुन् ।
बैंकले गर्नुपर्ने जति काम नगरेको भन्दै शशिन जोशीलाई यस अघि पनि बैंकका केहि संचालकले, ‘भने अनुसार काम गर्न नसके बैंक छोडे भइगो नि !’ भनेको चर्चा बाहिर आएको थियो । जोशीले यहि पुष तेश्रो साता बैंक औपचारिक रुपमा छाड्ने भएका हुन् । उनी यहि मङ्सिर १७ गतेबाट एक महिना लामो विदामा बस्दैछन् । त्यसपछि केहि दिन बैंक आएर पुषको तेश्रो साता बैंक छाड्ने बुझिएको छ ।
नबिल बैंक छाडेपछि उनका अगाडी दुइ दुइ विकल्प छन् । एकातर्फ एक इन्सुरेन्स कम्पनीको सीइओको रुपमा उनलाई अफर गरिएको छ भने अर्कोतर्फ उनलाई एक वाणिज्य बैंकको सीइओको जिम्मेवारी सम्हाल्ने कुरामा समेत उनको बैठक भइरहेको उनी निकट स्रोतको दावी छ । दुइ मध्ये एक विकल्पमा पक्का जान सकिने भएपछी अन्तत उनले बैंक छाड्ने भएका हुन् ।
पछिल्लो समय निकै कडा रुपमा प्रस्तुत भएकै कारण पूराना क्लाइन्टले बैंकलाई छाडेको भन्दै संचालकले उनलाई बैंक छोड्न दवाव दिएका थिए । त्यसपछि विकल्पमा सल्लाह गरिरहेका जोशिले अन्तत विकल्प भेटेपछि बैंक छाड्ने भएका हुन् । बैंकिङ क्षेत्रमा जोशीले ३२ बर्ष पुरा गरिसकेका जोशी खारिएका बैंकरका रुपमा चिनिए पनि पछिल्लो समय बैंकभित्र विभिन्न प्रकरणमा उनी विवादित भएका थिए ।
यसो त पछिल्लो समय बैंकभित्र विभिन्न काण्डमा उनी मुछिएका थिए । उनकै नेतृत्वका समयमा नबिलमा कर्मचारीहरुले आन्दोलन समेत गरेका थिए । उनकै पावरमा केहि नक्कली सर्टिफिकेट धारीहरुलाई बैंकमा जागिर खुवाएको भन्दै विभिन्न निकायमा समेत अनुसन्धानका लागि उजुरी परेको खबर सार्वजनिक भएको थियो ।बढुवामा बदमासी भएको भन्दै बैंकका कर्मचारीहरु उनी विरुद्ध उत्रिएका समेत थिए ।
उनकै कारण बैंकका राम्रा क्लाइन्टहरु पनि बाहिरिएका छन् । अन्तत उनको ‘अति’ ले सीमा नाघेको भन्दै संचालकहरु समेत रुखो भएका थिए । सबैको चौतर्फी दवाव बढेपछी अन्तत उनले बैंक छाड्ने निर्णय गरेको उनी निकटहरु बताउँछन् । यस बारे हामीले जोशीसँगै कुराकानी गर्न खोज्दा भने उनी हाम्रो सम्पर्कमा आउने चाहेनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्