×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाले थाले भोटको राजनीति, बाढी आएको ५ महिनापछि मात्र राहत प्याकेज

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देउवाले थाले भोटको राजनीति, बाढी आएको ५ महिनापछि मात्र राहत प्याकेज

Artha Sarokar

२० कार्तिक २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडाैँ – कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वकाे सरकारले भाेटकाे राजनीति थालेकाे छ । प्रधानमन्त्री समेत रहेका देउवाले सरकारी तवरबाटै भाेटकाे राजनीति थालेका हुन् ।
सरकारले बाढी प्रभावित तराईबासीका लागि भर्खरै मात्र विशेष राहत योजना ल्याएको छ । बाढीगएको झण्डै ५ महिना पुग्नै लाग्दा चुनावको मुखमा आएर बल्ल सरकारले बाढी प्रभावितका लागि विशेष राहत प्याकेज ल्याएको हो ।सोेमबार बसेको मन्त्रीपरिषद् बठकले विशेष राहत योजनाको विस्तृत खाकालाई पास गरेको हो । सरकारले सो विशेष राहत योजना छिट्टै कार्यान्वयनमा ल्याउने बताएको छ ।
त्यसैगरी बैठकले ग्रामिण सडक सञ्जाल विस्तारका लागि एसियाली विकास बैठकबाट १ सय मिलियन अमेरीकी डलर ऋण सहायता लिने निर्णय पनि गरेको छ । ऋण सहायता लिने सम्बन्धमा वार्ता गर्न बैठकले वार्ता टोली गठन गर्ने निर्णय गरेको हो । यो सडक सञ्जालले १६ जिल्लाको ३ सय ८८ किलोमिटर ग्रामिण सडक स्तर उन्नति गरि कृषि उपजको बजार र पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी