
काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा माअाेवादी नेता प्रचण्डका छाेरा प्रकाशको काजक्रिया नगरिने भएकाे छ ।‘कम्युनिष्ट राजनीतिमा भएकाले दाहाल परिवारमा काजकिरिया गर्ने प्रचलन नभएकाले प्रकाशकाे पनि काजक्रिया नगरिने भएकाे हाे ।
तर, प्रकाशको श्रद्धान्जलीस्वरुप एमाले–माओवादी केन्द्रले मंगलबार चितवनमा श्रद्धाञ्जली सभा गर्ने भएका छन्।मंगलबारका लागि तय गरिएको चुनावी सभालाई दुवै पार्टीले श्रद्धाञ्जली सभामा परिणत गर्न लागेका हुन्।
सभामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यक्रम थियो।तर अब त्यो सभालाई चुनावी सभाका अलावा श्रद्धाञ्जली सभामा परिणत गरिने भएको छ।सभामा एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन्।सभामा दाहाल परिवारका अन्य सदस्यपनि उपस्थित हुनेछन्।
माओवादी अध्यक्ष प्रचण्डको छोरा प्रकाशको हृदयघातका कारण आइतबार बिहान आफ्नै निवासमा निधन भएको थियो । दाहाल परिवारलाई भेट्न र समवेदना व्यक्त गर्न प्रचण्ड निवास पुग्नेहरुको सोमबार पनि घुइँचो छ । प्रचण्ड निवास पुग्नेहरुले त्यहाँ राखिएको प्रकाश दाहालको तस्वीरमा पुष्प गुच्छा चढाउने र परिवारका सदस्यहरुलाई भेटेर समवेदना प्रकट गर्ने गरेका छन् । – एस काठमाडौँ
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्