- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५५ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५५ हजार ३ सयमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ५५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ४ सय १० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ४७ रुपैयाँ ५ पैसा कायम गरेको छ।