
सिरहा – सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा दुई प्रहरीमाथि अज्ञात समूहद्वारा गोली प्रहार भएकाे छ। आइतबार कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालका अनुसार प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जानकारी दिएको छ ।
गोली प्रहारबाट घाइते प्रहरीद्वयको उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लागिएको छ भने प्रहरी जवान यादवको अवस्था चिन्ताजनक छ।
गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेटवालले जानकारी दिए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्