
काँग्रेस नेता एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौला राप्रपामाथि बोलीबो बाण हानेका छन्
आसन्न २१ मंसिरमा हुने संघीय प्रतिनिसभा निर्वाचनका लागि झापा–३ का काँग्रेस उम्मेदवारसमेत रहेका सिटौलाले बिहीबार भद्रपुरमा आयोजित अन्तरक्रियामा राप्रपा राजावादी दल भन्दै उसका उम्मेदवारलाई निर्वाचनमा भोट नदिन आग्रह गरे । देशभर काँग्रेसले राप्रपासँग तालमेल गरेको भए पनि झापासहित मेची अञ्चलका जिल्लामा भने बाम गठबन्धन र राप्रपाको सहकार्य छ ।
झापा–३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनलाई काँग्रेसले छाड्ने सहमति भएको थियो । तर, दुई पार्टीबीचको लिखित सहमति तोड्दै सिटौलाले उम्मेदवारी दिएपछि राप्रपा बाम गठबन्धनमा मिसिएको हो । सो क्षेत्रमा सिटौला र लिङदेनबीचकडा टक्कर हुने अनुमान गरिएको छ । सिटौलाले राप्रपा राजावादीका साथै संघीयता, धर्मनिरपेक्षता र लोकतन्त्रविरोधी दल भएको आरोप लगाए ।
उनले बाम गठबन्धनले झापा–३ मा राप्रपालाई समर्थन गर्नु आश्चर्यको विषय भन्दै राजावादीलाई नभई गणतन्त्र ल्याउन खेलेको भूमिकाको कदर गर्दै आफूलाई मत दिन आग्रह गरे । राप्रपालाई मण्डले भन्दै उनले ०४६ सालको आन्दोलनमा उक्त मण्डले दलद्वारा मारिएका राम थापाको रगत आलै रहेको स्मरण गरे ।
‘परिवर्तनको आन्दोलनमा गोली हान्ने मण्डलेहरुलाई अग्रगमनको आन्दोलनको नेतृत्व गरेका झापाका प्रगतिशील मतदाताले भोट दिन मिल्दैन’, सिटौलाले भने, ‘गणतन्त्रलाई राजतन्त्रमा फर्काएर परिवर्तन रोक्न चाहने जनभावना विरोधीलाई भोट नदिनुस् ।’ सिटौलाले गणतन्त्र ल्याउन तथा संविधानमार्फत परिवर्तन संस्थागत गर्न आफूले खेलेको भूमिकाको मूल्यांकन गरिदिन मतदातालाई आग्रह गरे ।
सिटौलाले राप्रपालाई ‘मान्छे मार्ने मण्डले’ भनेपछि राप्रपाका नेता कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले राप्रपासँग गठबन्धन तोड्नुपर्छ भन्दै नेतृतलाई दबाब दिन थालेका छन् । काठमाडौँ टुडेमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्