×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनेकथरी काण्ड र घोटालाले जनताको विश्वास घटेको सनराइज बैंकको नाफा पनि घट्यो !

PRIME CA
GLOBAL IME BANK

अनेकथरी काण्ड र घोटालाले जनताको विश्वास घटेको सनराइज बैंकको नाफा पनि घट्यो !

१९ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- व्यवस्थापन र संचालक समितिको विवाद, सफ्टवेर घोटाला प्रकरण लगायतका कुराहरुमा पटक पटक फसीरहेको बैंकको नाफापनि घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा२५ करोड ३१ लख खूद नाफा कमाएको बैंकको नाफा घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ३७ लाखमा सिमित भएको छ । 
पछिल्लो समय जनताको विश्वाश घट्दै गएको सनराइज बैंकको खूद ब्याज आम्दानीमा पनि घटेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५१ करोड ३८ लाख छ । अघिल्लो आबको पहिलो त्रैमासमा ५१ करोड ५६ लाख खूद ब्याज आम्दानी भएकोमा मात्र आम्दानी भएको हो । यो अवधिमा बैंकले ७ करोड ५ लाख राइटब्याक गरेको छ भने जोखिम व्यवस्थापनका लागि १५ करोड ६८ लाख प्रोभिजनमा राखेको छ । 
यता बैंकले खराव कर्जा भने घटाएको छ । बैंकले खराब कर्जा घटाएर समीक्षा अवधिमा १.४९ प्रतिशतमा झारेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२१.०६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.१२ गुणा कायम भएको छ ।
यो पनि पढ्नुहोस् :

सनराइज बैंकमा नीतिगत भ्रष्टाचार, तीनपटक सफ्टवेर परिवर्तन गर्दा १२ करोड बढी घोटाला !

कालोबजारीको अभियोगमा जेल जाकिने भएपछि सनराइज बैंकका संचालक फरार !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: