
काठमाडौँ – उच्च अदालतमा ८० न्यायाधीशको नियुक्तिविरुद्ध परेको मुद्दामा बिहीबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । महान्यायाधीवक्ता कार्यालयका दुर्गाबन्धु पोखरेललगायतले १३ महिनाअघि भएको उक्त नियुक्तिविरुद्द मुद्दा हालेका थिए ।
सो मुद्दामा आज सर्वोच्च अदालतका न्यायाधीशहरू ओमप्रकाश मिश्र, बमकुमार श्रेष्ठ र डम्बरबहादुर शाहीको पूर्ण इजलासले सुनुवाइ थाल्ने भएको हो । मुद्दा दायरकर्ताले तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वको न्यायपरिषदले ८० न्यायाधीशको नियुक्ति गर्दा न्याय परिषद् ऐन २०४७ ले तोकेको कार्यविधि र न्यायपरिषदका सदस्यहरूलाई समेत छलेको आरोप लगाएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्