ताप्लेजुङ – ताप्लेजुङको सबैभन्दा टाढाको मतदान स्थल याङ्मामा १६ मत खसेको छ। करिब ५७ मतदाता रहेको फक्ताङलुङ गाउँपालिका ७ मा रहेको याङ्मामा ४१ जना मतदाता अनुपस्थित भएका छन् । गाउँमा रहेका मतदाता सबैले भोट खसालेपछि याङ्मामा दिउँसो तीन बजेनै मतदान सकिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।
चार हजार दुई सय मिटर उचाईमा रहेको गाउँका अधिकांश मतदाता गाउँ भन्दा बाहिर रहेका कारण कम भोट खसेको वडाध्यक्ष छेतेन शेर्पाले बताए।
मतदान सकिएपनि पाँच बजेसम्म कर्मचारी कुरेर बस्ने शेर्पाको भनाइ छ। प्रजिअ जिसीका अनुसार याङ्माको मतपत्र भोली हेलिकप्टरबाट सदरमुकाम ल्याइने छ। यो चीनको तिब्बत र भारतको सिक्किमसँग सीमा क्षेत्र जोडिएको क्षेत्र हो। जहाँ पुग्न जिल्ला सदरमुकामबाट पैदल हिँडेर तीन दिनमा पुगिन्छ।
यो बाहेक कम मतदाता भएका उच्च हिमाली गाउँहरु गोला, ग्याब्ला र घुन्सामा भने सम्पर्क हुन नककेको जिसीको भनाइ छ।
गोलामा २ सय २२, ग्याब्लामा ४९ र घुन्सामा १ सय ३१ मतदाता छन्। जिल्लाका अरु मतदान केन्द्रमा अपरान्ह २ बजेसम्म ५५ प्रतिशतभन्दा बढी मत खसेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकारी महेश ठाकुरले बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्