×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ कसुरका अभियोगी ठेकेदार जनार्दन ढकाल एमालेका उम्मेद्वार ! जनताले के फैसला गर्लान् ?

PRIME CA

बैंकिङ कसुरका अभियोगी ठेकेदार जनार्दन ढकाल एमालेका उम्मेद्वार ! जनताले के फैसला गर्लान् ?

२ मंसिर २०७४, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

रसुवा- बैंकिङ कसुरका अभियोगी एमालेको उम्मेद्वार भएको खुल्न आएको छ । एमालेका पूर्वसांसद समेत रहेका जनार्दन ढकाल रसुवा जिल्लाबाट उम्मेद्वार बनेका छन् । तर उनीविरुद्ध २०७३ साला बैसाख महिनामा दिएको चेक नसाटिएको भन्दै बैंकिङ कसुर अन्तर्गत मुद्धा दायार भएको छ । उनी सुर्यचन्द्र कन्स्ट्रक्सन नामक निर्माण कम्पनीका संचालक समेत हुन् ।     
ईटा सप्लाई गरेवापतको रकमका लागि निजले दिएको चेक बाउन्स भएको भन्दै उनी विरुद्ध आर बी ईट्टा उद्योग का संचालक गोबिन्द रावलले रुपन्देही जिल्ला अदालतमा अदालतमा मुद्दा दायर गरेका हुन् । पटक- पटक चेक बाउन्स बारे कुरा गर्दा पनि नीजले वास्ता नगरेपछि मुद्धा नै दायर गरेको रावलको भनाइ छ ।
उनी विरुद्ध मुद्धा परेपछि उनलाई चुनाव प्रचार प्रसारमा समेत समस्या परेको छ । ५ लाख रुपैयाँका लागि मुद्धा परेको उम्मेदवारले जनताका लागि के नै गर्लान् र भन्ने चर्चा पनि जिल्लामा चल्न थालेको छ । यद्यपी ढकाल निकटहरुले भने चुनावलाई प्रभावित पार्ने उद्देश्यले षडयन्त्र गरी ५ लाख रुपैयाँका लागि नेताको बेइज्जत गर्न  खोजेको आरोप लगाएका छन् ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: