
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- ‘नो भोट भिलेज’ का नाममा चर्चित रोल्पाको थवाङमा यसपाली पनि भोट नखस्ने निश्चित प्राय भएको छ । विहान ७ बजेदेखि मतदान कार्यक्रम सुरु भएको भएपनि अहिलेसम्म कसैले भोट हालेका छैनन् । थवाङमा रहेका स्थानीय ग्यानदीप राइका अनुसार मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी मात्रै देखिएका छन् ।
विप्लव नेतृत्वको नेकपाको निकै पकड भएको क्षेत्रका रुपमा समेत परिचित यो ठाउँमा हिजो मशाल जुलुससहित चुनाव खारेज अभियानमा घर घरमा पुगेर मतदान नगर्न नेकपाका कार्यकर्ताहरुले अनुरोध गरेका थिए ।
यसो त अहिले पनि थवाङमा नाराबाजी जारी छ । उनीहरुले थवाङबाट रित्तो मतपेटिका फर्काउने भन्दै नाराबाजी गरिरहेका छन् । सुरक्षाकर्मी रमिते बनेर हेरिरहेका छन् । ५ बज्ने बितिकै रित्तो मतपेटिका ल्याउने तयारी भइरहेको बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्