×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रचण्डलाई पूर्व जनसेना कमाण्डरको पत्र: बालकृष्ण मात्र हैन तपार्इ र बाबुरामकाे पालाे पनि अाउछ

LAXMI SUNRISE BANK

प्रचण्डलाई पूर्व जनसेना कमाण्डरको पत्र: बालकृष्ण मात्र हैन तपार्इ र बाबुरामकाे पालाे पनि अाउछ

१९ कार्तिक २०७४, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

प्रचण्ड कमरेड अभिवादन,
१२ बुँदै दिल्ली सम्झौता, बृहत शान्ति सम्झौताको मर्मविरुद्ध तपाईँले भन्दै गरेको विश्वको उत्कृष्ट संविधानले बालकृष्ण ढुङेललाई अपराधि भन्दै जेल पठाउँदा कहाँ हुनुहुन्थ्यो थाहा भएन ।
तपाईँ जहाँ भएपनि खबर सुन्‍नु नै भयो होला । यसमा तपाईँले केही नबोलेको देख्‍दा पत्र लेख्‍न बाध्य भएँ । तपाईँकै दाबीअनुसार तपाईँकै नेतृत्वमा बनेको संविधानले गणतन्‍त्रको लागि ज्यानको बाजी थापेर लड्‍ने योद्धालाई जेल हाल्दा तपाईँलाई पनि पक्कै चित त बुझेको छैन नै होला । तरपनि कुनै प्रतिक्रिया नजाउँदा तपाईँमाथि लाग्दै अाएका अारोप झन् पेचिलो बन्दै गएका छन् ।
प्रचण्ड कमरेड, म पनि एक जनयुद्धको सिपाही हुँ । तपाईँकै अादेशमा ज्यानको बाजी राखेर जनयुद्धमा होमिएँ तर तपाईँ हामीलाई बीच सडकमा छोडेर लाजिमपाट दरबारमा छिर्नु भो । जीवन अन्धकार भयो । मुक्ति र मृत्युको लागि खाएको कसम, देश र समाज परिवर्तनको चिन्ता र सपना सबै तपाईँले उडाएपछि केही वर्ष खाडीमा बिताए । अाजभोली नेपालबाटै तपाईँका गतिविधिलाई नियालिरहेको छु ।
जनयुद्धमा भएका घटनाकै कारण ढुंगेल अपराधी हुने भए तपाईँ अपराधी हो कि होइन ? बालकृष्णले लडेर ल्याएको लोकतन्त्रमा सत्ता चलाउनेहरु काङ्ग्रेस, राप्रपाहरु अपराधी हो कि होइनन् ? बालकृष्णलाई गिरफ्तार गर्नेहरु जनयुद्धका कुने पनि घटनामा संलग्‍न छैनन् ? अाफैले लडेर ल्याएको गणतन्त्रमा बालकृष्णहरु अपराधी हुने भए तपाईँले नै गणतन्त्रलाई लिएर नागार्जुनको जंगलमा लिएर बुझाईदिनुस् ।
के तपाईँ शान्ति सम्झौता भंग भएको घोषणा गरेर जनतामा अाउन सक्नुहुन्छ ? यदि त्यो हिम्मत गर्नु हुन्‍न भने हजारौं बालकृष्णहरु जेलको लाइनमा छन् । सुरुमा साना बालकृष्ण र अन्तिममा ठूला बालकृष्ण (प्रचण्ड-बाबुराम) हरुलाई पनि त्यही जेलमा पुर्‍याउने योजना हुनेछ ।
प्रचण्ड कमरेड, बालकृष्ण एउटा ब्यक्ति मात्र होइन तपाईँले नेतृत्व गरेको मुक्ति र परिवर्तनको सपना देख्‍ने महान् योद्धा हो।
बालकृष्णलाई जेल हाल्‍नु भनेको जनयुद्धका उपलब्धीहरुको हत्या गरिनु हो । किरण र विप्लव कमरेडले भनेको साम्राज्यवाद र विस्तारवादले माओवादी आन्दोलनलाई घेराबन्दी गर्दैछ भनेर धेरै पहिला भन्‍नु भएको थियो । त्यही सत्य साबित हुँदैछ । बालकृष्णमाथीको हमला क्रान्तिकारी कम्युनिस्ट आन्दोलन, १२ बुँदै सम्झौता, बृहतशान्ति सम्झौता र गणतन्त्रमाथिकै प्रहार हो ।
अदालतले भ्रष्ट-ठगहरु गरेकाहरु चुनाव लड्‍न पाउने, गणतन्त्र ल्याउने योद्धा जेलमा हाल्‍ने गणतन्त्र तपाईंलाई मान्य छ ? राजतन्त्र ढाल्ने योद्धालाई जेलमा राखेर चुनावमा जानु हुन्छ भने ? जनयुद्ध, १२ बुँदै दिल्लीसम्झौता, बृहतशान्ति सम्झौता बिपरित प्रतिक्रियावादीहरुको घेराभित्र हजारौं बालकृष्णहरुलाई जेलमा हाल्ने षड्‍यन्त्रमा फस्दै हुनुहुन्छ कमरेड ।
प्रतिक्रियावादीहरुले आफ्नो लुटको शासन कायम गर्न माओवादी आन्दोलन र बालकृष्णमाथि हमला गर्न पुगेका छन् । अब कम्युनिस्ट आन्दोलनको रक्षा र बालकृष्णलाई न्याय दिन क्रान्तिकारी अान्दोलनको अावश्‍यकता बढेर गएको छ । बालकृष्ण माथिको हमलाले आर्को क्रान्तिको माग गरेको छ । अब चुनावको मोर्चाबन्दी होइन क्रान्तिको मोर्चाबन्दीको अावश्‍यकता भएको छ ।
प्रचण्ड कमरेड, संसदीय व्यवस्थालाई साम्राज्यवादहरुले आफ्नो फाटेको लगाैंटी बनाइ सकेका छन् । बालकृष्णजस्ता हजारौं योद्धाहरुले रगत-पसिना बगाएर ल्याएको गणतन्त्रमाथि खेलवाड गरेर सत्तामा बस्ने अधिकार दिनु हुँदैन । अब बालकृष्णमाथीको प्रहार रोक्न अर्को क्रान्तिकारी अान्दोलनको अावश्‍यकता भएको छ । यो अावश्‍यकता तपाईँको महसुश गर्नु भएन भने अरु हजारौं बालकृष्णहरुले जेल भरिने छन् ।
अन्तमा, प्रचण्ड कमरेड उज्जनलाई त बालकृष्णले हत्या गरे । अरु १७ हजारको हत्यारा को हुन् ? रुकुमको खारा, रोल्पा,कालिकोटलगायत देशभर माओवादीको नाममा सर्वसाधारणको हत्या कसले गरेको हो ? दिलबहादुरहरुको हत्यारा को हुन् ? कृष्णसेनका हत्यारा को हुन् ? तपाईँले भन्‍न सक्नुहुन्छ ? सबैभन्दा ठूलो युव परिवर्तन गर्ने मेरो सपनाको हत्यारा को हो ? यसको उत्तर तपाईँबाट पाउने अाशा गर्दछु । अहिलेलाई विदा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी