×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१-१ करोड बुझाएर जेलबाट छुटेका ढकाल र महतलाई यी बैंकले दिए ‘बैंक ग्यारेन्टी’, ‘फर्म्याट’ नमिल्दा किचलो !

PRIME CA

१-१ करोड बुझाएर जेलबाट छुटेका ढकाल र महतलाई यी बैंकले दिए ‘बैंक ग्यारेन्टी’, ‘फर्म्याट’ नमिल्दा किचलो !

७ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता  
काठमाडौँ- कर फर्छ्योट प्रकरणमा मुछिएर पछी अदालतसामु आत्मसमर्पण गरेका दुइ सिए लुम्बध्वज महत र उमेश ढकाल धरौटीमा रिहा भएका छन् । बुधबार बेलुका ७:३० बजे उनीहरु धरौटीमा रिहा भएका हुन् । जेलबाट रिहा भएपछी ढकाललाई लिन उनका छोरा डिल्लीबजार कारागारमा पुगेका थिए भने महतलाई लिन उनको परिवार नै त्यहाँ पुगेको थियो । महत र ढकाल निस्किएपछी उनीहरुको परिवारमा खुसी छाएको छ । महतको परिवारका सदस्यहरु महत निस्किएपछी आँसु झार्दै घर हिंडेका छन् ।

कसलाई कुन बैंकले दियो बैंक ग्यारेन्टी !
यसो त धरौटीमा नगद वा चेक बुझाउनु पर्दैन । बैंकले बैंक ग्यारेन्टी बनाएको खण्डमा त्यो धरौटीका लागि मान्य हुन्छ । भ्रष्टाचारको अभियोगमा जेल परेका उमेश ढकाललाई छुटाउन नेपाल बंगलादेश बैंकले बैंक ग्यारेन्टी दिएको हो । यता लुम्बध्वज महतलाई छुटाउन भने प्राइम कमार्सीयल बैंकले बैंक ग्यारेन्टी बनाइदिएको हो । प्राइम कमर्सियल बैंक र नेपाल बंगलादेश बैंक दुबैमा उनीहरुको नीजी सम्बन्धका कारण बैंक ग्यारेन्टी समयमा नै बनेको स्रोतको दावी छ । मंगलबार बैंक ग्यारेन्टी बनाउने समय नपुगेपछि उनीहरु जेल चलान भएका थिए ।

फर्म्याट नमिल्दा किचलो !
नेपाल बंगलादेश बैंक र प्राइम कर्मर्सियल बैंक दुवै चलेका बैंक बैंक भएपनि बैंकहरुले अदालतमा बुझाउने बैंक ग्यारेन्टीको फर्म्याट समेत नमिलाउंदा विहानै छुट्नु पर्ने दुइ सिए बेलुका सम्म बस्नु परेको थियो । प्राइम र नेपाल बंगलादेश बैंकले बुझाएको बैंक ग्यारेन्टी फर्म्याट अनुसार नभएको भन्दै अदालतले फिर्ता पठाएपछी पुन: अर्को कागज बनाइएको थियो । बैंकले फर्म्याट बिगारेको भन्दै आफन्तहरु रुष्ट समेत भएका थिए भने दुइ सिएका कतिपय आफन्तले अदालतले अनावश्यक झन्झट दिएको आरोप लगाएका थिए । पछी सबै प्रक्रिया मिलेपछि उनीहरु घर गएका छन् । महत र ढकाल हाल घरमा आराम गरिरहेको अर्थ सरोकार डटकमलाई विशेष स्रोतले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: