
काठमाडौँ – प्रचण्डपुत्र प्रकाश दाहालको निधनप्रति नेकपा एमालेले दुस्ख व्यक्त गरेको छ ।
एमाले केन्द्रीय निर्वाचन कमिटीका प्रवक्ता विष्णु रिमालले एक विज्ञप्ति जारी गर्दै दाहालको असामयिक निधनबाट आफ्नो पार्टी स्तब्ध भएको जनाएका छन् । साथै एमालेले आज दिउँसो २ बजेदेखि ३ बजेसम्म आयोजित देशैभरका चुनावी कार्यक्रम स्थगित गरेको छ ।
‘कमरेड प्रकाश दाहालप्रति सम्मान व्यक्त गर्न र नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड, शोकाकुल परिवारजन र नेकपा माओवादी केन्द्रप्रति समवेदन प्रकट गर्न नेकपा एमालेको तर्फबाट आज दिउँसो २ देखि ३ बजेसम्म आयोजना गरिएका पूर्वनिर्धारित सबै चुनावी कार्यक्रम स्थगित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
प्रकाशको हृदयघातका कारण आइतबार बिहान निधन भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्