×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बागी उम्मेदवारलाई एमालेले दियो राजनीतिक करियर नै सिध्याइ दिने धम्की ! अब के गर्लान यी उम्मेद्वारहरु ?

LAXMI SUNRISE BANK

बागी उम्मेदवारलाई एमालेले दियो राजनीतिक करियर नै सिध्याइ दिने धम्की ! अब के गर्लान यी उम्मेद्वारहरु ?

१७ कार्तिक २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

एमालेले वामपन्थी गठबन्धनका उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्ता सबैलाई तत्काल आआफ्नो उम्मेदवारी फिर्ता लिएर चुनावी अभियानमा संलग्न हुन निर्देशन दिएको छ ।
दोस्रो चरणको उम्मेदवारी मनोनयनका क्रममा टिकट वितरण र सिट भागबण्डामा असन्तुष्टि जनाउँदै पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडासहित केही जिल्लाका नेता कार्यकर्ता प्रतिनिधिसभा र प्रदेशसभामा वागी उम्मेदवार बनेका छन् ।
एमालेले उम्मेदवार फिर्ता नलिएमा वागी उम्मेदवार बन्ने जोकोही माथि अनुशासनको कारवाही हुने र कम्तिमा ५ वर्ष पार्टीको साधारण सदस्य नरहने गरी निष्काशन गरिने चेतावनी दिएको छ । यसलाई राजनीतिक करियर नै सिध्याउने धम्कीको रुपमा बुझ्न पार्टीले बागी उम्मेद्वारहरुलाई घुमाउरो भाषामा आग्रह गरेको छ ।
यसअघि पहिलो चरणमा बागी उम्मेदवारी दिएकामध्ये सोलुखुम्बु (क)का लोचन शर्मा बाहेक सबैले फिर्ता लिइसकेका छन् ।
अहिलेसम्मउदयपुर,काठमाण्डु,भक्तपुर,बारा,सर्लाही लगायतका केही जिल्लामा बागी उम्मेवारीको सूचना प्राप्त भएको एमाले पोलिटव्यूरो सदस्य बिष्णु रिमालले बताए । उनले पार्टीको निर्णय अनुसार सबैले स्वतन्त्र उम्मेदवारी फिर्ता लिने दावी गरे ।
यता काठमाडौं २ मा बरिष्ठ नेता माधवकुमार नेपाल विरुद्ध जिल्ला कमिटी सदस्य पिएल श्रेष्ठ बागी उम्मेदवार बनेका छन् भने काठमाडौं ७ (क)मा पनि जिल्लाका प्रभावशाली नेता श्याम घिमिरे बागी उम्मेदवार छन् ।
उता बारा ३ मा को (क)मा जिल्ला नेता भरत खड्का र सर्लाही १ (ख) मा जिल्ला सचिव बेची लुङ्गेली बिरुद्ध जिल्लाका नेता गोविन्द अधिकारी बागी उम्मेदवार बनेका छन् । त्यस्तै एमालेका बागी उम्मेदवार रुपन्देहीमा पनि खडा भएका छन्
त्यस्तै पार्टीका पोलिटव्यूरो सदस्य जगन्नाथ खतिवडानै उदयपुर २ मा वामपन्थी गठबन्धनका माओवादी उम्मेदवार सुरेशकुमार राई विरुद्ध बागी उठेपछि एमालेमा खैलाबैला मच्चिएको छ । खतिवडा सो क्षेत्रबाट टिकटका एकल दाबेदार थिए ।
तर क्षेत्र बाँडफाँडका क्रममा क्षेत्र नम्बर १ एमालेले लिएर २ माओवादीलाई दिएपछि खतिवडा असन्तुष्ट बनेका हुन् । त्यसो त सो क्षेत्रमा माओवादीकै जिल्ला नेता विनोद खड्का पनि बागी उम्मेदवार छन् । खतिवडा माधव नेपाल पक्षका प्रभावशाली नेता हुन् ।
उदयपुरको प्रदेशसभातर्फ पनि १ को (क)मा जिल्ला कमिटी सचिवालय सदस्य कुशलबाबु बस्नेत बागी उम्मेदवार बनेका छन् । सो क्षेत्रमा पार्टीले विमल कार्कीलाई टिकट दिएको छ ।
मोरङ ३ मा पनि एमालेका पुराना डीपी राई प्रदेशसभा (ख) मा बागी उम्मेदवार उठेका छन् । पटक पटक संसदको टिकटको दाबेदार बनेर पनि टिकट नपाएपछि पीडित बनेका राई यसपटक पनि नेतृत्वले अन्याय गरेको भन्दै स्वतन्त्र उम्मेदवार बनेका छन् ।
त्यस्तै सिन्धुलीमा केन्द्रीय सदस्य गणेश पहाडी विरुद्ध क्षेत्र नम्बर १ मा एमालेका जिल्ला नेता रामकुमार कार्की बागी उम्मेदवार बनेका छन् । भक्तपुर १ मा वामपन्थी गठबन्धनका उम्मेदवार विरुद्ध एमाले जिल्ला सचिव हरिशरण लामिछाने बागी उम्मेदवार बनेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी