
मधेसवादी दलहरुलाई त्यसै त भारत परास्त वा भनौ भारतीय दलहरु भनेर आलोचना गरिरहेको बेला संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले हिन्दी गीत बजाएर चुनावी प्रचार शुरु गरेका छन्।
जिल्लाको क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार यादवले बसबिट्टीस्थित गजेन्दनारायण सिंह औधोगिक क्षेत्र अगाडि सहिदहरुको समाधिस्थलमा माल्यार्पण गरेपछि भारतको देशभभक्ति गीत ‘ऐ मेरे बतनके लोगो, जरा आँखमे भरलो पानी…..’ गीत सुनाएर प्रचार शुरु गरेका थिए।
कार्यक्रमको सुरुदेखि नै माओवादीलाई गाली गर्नमा अधिकांश समय खर्चेका यादवले आफूले जिते मधेसको लगानी र स्रोत मधेसकै विकासमा लगानी हुने दाबी गरेका थिए।
यसरी नेपाली भएर भारतीय गित गौरवका साथ् बजाउदै भोट माग्नु लाजमर्दो तरिका भएको भन्दै उनको बिरोध समेत भएको छ । अन्य पार्टीका कार्यकर्ताहरुले यादवको भोट माग्ने शैलीको व्यापक आलोचना गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्