×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिराटनगरमा मौलायो ‘अण्डर इन्भोईसिङ’, आदित्य हार्डवेयरद्वारा करोडौं राजस्व छली, राजश्व विभाग रमिते !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

बिराटनगरमा मौलायो ‘अण्डर इन्भोईसिङ’, आदित्य हार्डवेयरद्वारा करोडौं राजस्व छली, राजश्व विभाग रमिते !

विराटनगरका व्यापारी एवम् आदित्य हार्डवेयरका सञ्चालक सुनिल अग्रवालले राजस्व छली गरेका छन् । विराटनगर भन्सारका भन्सार एजेन्टसँगको मिलोमतोमा कम मूल्यांकन गरी सामान छुटाउँदै राजस्व छली गरेका हुन् । कम मूल्यांकन गरेर सामान छुटाउँदा राजस्व बढी तिर्नुपर्दैन भने उनले वास्तविक मूल्यांकन तिरेको सामानको जति नै मूल्यमा बिक्री गर्दा राजस्व पनि बढी छली हुने र नाफा पनि बढी कमाएका छन् ।
सरकारको नियमअनुसार विराटनगर भन्सारले सामानको कम मूल्यांकन गरी वा व्यापारी तथा भन्सार एजेन्टबाट राजस्व छली भएको आशंका भएमा त्यस्तो सामान राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी सुनसरीमा बुझाउने व्यवस्था गरेको छ । तर यी व्यापारी सुनिल अग्रवाललाई सबै सरकारी निकायबाट समेत छुट दिएका कारण व्यापारी अग्रवालको मनोबल बढ्दै गएपछि भन्सार एजेन्टकै सेटिङमा सामान छुटाएर करोडौँको राजस्व चोरी हुने गरेको स्रोतले दाबी गरेको छ ।
आदित्य हार्डवेयरको नाममा डोर फिटिङ, प्लाई, स्टिल पाइप र स्टिल रेलिङको समेत काम गर्ने यी व्यापारी अग्रवालले व्यावसायिक फर्म भने अमिता अग्रवालको नाममा आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता कायम गरेर सञ्चालन गरिरहेका छन् । आन्तरिक राजस्व कार्यालय विराटनगरमा ६०१३२१४२७ बाट भ्याटमा दर्ता रहेको आदित्य हार्डवेयरले पटक–पटक राजस्व छली गर्ने गरेको सम्बन्धमा कारबाही भोगिसकेका छन् । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: