×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवाको यी कुराबाट प्रहरीमा भाँडभैलो ल्याउने खुलासा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

देउवाको यी कुराबाट प्रहरीमा भाँडभैलो ल्याउने खुलासा

२८ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले केही एआईजी र आफ्नै श्रीमती आरजु देउवाको उक्साहटमा लागेर प्रहरीमा नयाँ भाँडभैलो ल्याउन लागेको खुलासा भएको छ । स्रोतका अनुसार क्याबिनेटको बैठकले अध्यादेशमार्फत प्रहरीमा विद्यमान ३० वर्षे सेवालाई हटेर ३२ वर्ष बनाउने कार्यमा देउबा  जुटेका हुन् ।
बिबादमा मुछिएका एआईजी हेमन्त पाल र देउवा पत्नी आरजुको डिजाइनमा ३० वर्षे सेवालाई बढाएर ३२ वर्ष बनाउने तयारी भएको हो । यो कार्यलाई पछरी बसेर आनन्द बतास नामका व्यापारी र उमेश श्रेष्ठले सहयोग गरेको स्रोतले बताए ।
गलत निर्णयले प्रहरीमा ठूलो बिबाद उत्पन्न हुने भन्दै उच्च प्रहरी अधिकारीहरूले चुनाव अघी देउवालाई गलत निर्णय नगर्न सुझाव दिएका थिए । करोडौको लोभमा लागेर आरजुको दबाबपछि क्याबिनेटले बिबादास्पद निर्णय गर्न लागेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले जाँदाजाँदै प्रदेश प्रमुखको नियुक्ति, नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउने र डीआईजीदेखि डीएसपीसम्म बढुवा गर्ने र सशस्त्र प्रहरीमा एआईजीको पद थप्ने तयारी गरेका हुन् । एमाले महासचिव ईश्वर पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा अहिलेको कामचलाउ सरकारले गरेका सम्पूर्ण निर्णय नयाँ बन्ने वाम गठबन्धनको सरकारले खारेज गर्ने चेतावनीसमेत दिइएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी