
काठमाडौँ – आम निर्वाचनमा कांग्रेस पराजय हुनुको कारणभित्र सभापति शेरबहादुर देउवापत्नी आरजुको ठूलो भूमिका छ भन्ने अड्कलबाजीहरु पनि पार्टीभित्र नै उठ्न थालेका छन्। स्रोतका अनुसार आरजुले पैसाका लागि गरेको विभिन्न खालका बार्गेनिङले कांग्रेसलाई असर परेको छ ।
आरजुको प्रधानमन्त्री बन्ने महत्वकांक्षाले पनि कांग्रेसले पराजय भोग्नु परेको हो । आरजु राजनीतिक व्यक्ति होइनन् । उनले देउवालाई सहयोग गर्नुपर्ने थियो । तर, आरजुलाई आफू राजनेता हुँ भन्ने भ्रमले गर्दा देउवा र नेपाली कांग्रेसलाई ठूलो नोक्सान भएको छ ।
कैलाली जिल्लामा निर्वाचनका बेला घर किन्ने आरजुको निर्णय ठूलो गल्ती रहेको स्थानीय कांग्रेसी कार्यकर्ताहरू बताउँछन् । उनीहरू भन्छन्,‘समय हुँदासम्म काठमाडौंमा बस्ने । निर्वाचनका बेला कैलालीमा आएर घर किन्ने । प्रचार प्रसारमा स्थानीय कांग्रेसका नेतालाई भन्दा बाहिरबाट आयातित नेताहरूलाई अगाडि पछाडि गराउने, यसरी पनि चुनाव जितिन्छ ?’ आरजुले प्रधानमन्त्री देउवाको आडमा गरेको दलालीको कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले फिटिक्कै मन पराएका थिएनन् ।
यस्तो अवस्थामा आरजुले हार्ने पक्का थियो । चिल्लो गाडीमा हिँड्ने, गरिव जनताको कुरा नबुझ्ने आरजु जस्ता महिला नेतृका लागि हारभन्दा अर्को विकल्प थिएन । आरजुभन्दा कमजोर एमालेका नारदमुनि राना चौधरी थिए । तर, एमालेका ती उम्मेदवारभन्दा पनि निकै कमजोर देउवाकी पत्नी एवम् आरजु रहेको विश्लेषण कैलालीमा हुन थालेको छ ।
पराजित भएपछि अहिले आरजुले कैलालीमा किनेको ३ करोडको घर बिक्रीमा राखेकी छिन् । उनले निर्वाचन हारे पनि ३ करोडमा किनेको घर चार करोडमा बिक्री गर्न लागेको स्रोत बताउँछ । उनलाई निर्वाचनबाट भन्दा पनि ३ करोडको घरबाट ठूलो फाइदा भएको एक नेताले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्