
अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- काठमाडौँ युनिभर्सिटी स्कुल अफ मेनेजमेन्ट (कुसुम) र एसीसीएको संयुक्त आयोजनामा ‘कर्पोरेट फ्रड’मा प्रोफेसनल इथिक्स र ‘गभर्नेन्स’का विषयमा एक विशेष कार्यक्रम हुने भएको छ । होटल अन्नपूर्णमा डिसेम्बर २४ अर्थात शनिबार विहान १० बजेदेखि उक्त कार्यक्रम आयोजना हुने बताइएको छ । कार्यक्रममा विभिन्न चर्चित व्यक्तित्वहरुले यस विषयमा प्रकाश पार्ने कार्यक्रम छ ।
‘हामीले यस्तो सेमिनारको कन्सेप्ट २ बर्षअघि नै बनाएका थियौं ।’ काठमाडौँ विश्वविद्यालयका एसिस्टेन्ट प्रोफेसर ताहा कुसुममा अन्डर ग्र्याजुएट कार्यक्रमका संयोजक हरि गोपाल रिसालले भने, ‘ यसपटक कार्यक्रम आयोजना गर्ने भएका छौं । हाम्रा रिसोर्स व्यक्तिहरुपनि यो कार्यक्रमका लागि उत्साहित हुनुहुन्छ ।’ कुसुम र एसीसीएद्वारा जारी संयुक्त प्रेस बिज्ञप्तिमा उक्त सेमिनारमा कर्पोरेट फ्रडका विषयमा विशेष चर्चा हुने बताइएको छ । बिज्ञप्तिमा जनाईएअनुसार कार्यक्रम व्यवस्थापकीय पदमा काम गरिरहेकाहरु, कर्पोरेट क्षेत्रमा काम गरिरहेकाहरु र अन्य उध्यमीहरुका लागि समेत निकै नै उपयोगी रहने विश्वास गरिएको छ ।
एसीसीएका लागि नेपाल प्रमुख रविन कटवालका अनुसार कार्यक्रममा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर युवराज खतिवडा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख सुर्य नाथ उपाध्याय, बैंक अफ काठमाडौँका सीइओ शोभन देव पन्त, र आइएफआरएस कन्सल्टेन्ट जगदीश भट्टराइले कर्पोरेट फ्रडका बारेमा विशेष चर्चा गर्नुहुनेछ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्