×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कमर्सियल बैंकमा नेपालको पहिलो महिला सीइओ हुँदै अनुपमा, पुष अन्तिम साता नियुक्ति दिइने, हाललाई कामु !

PRIME CA
GLOBAL IME BANK

कमर्सियल बैंकमा नेपालको पहिलो महिला सीइओ हुँदै अनुपमा, पुष अन्तिम साता नियुक्ति दिइने, हाललाई कामु !

२७ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- अनुपमा खुँजेली नेपालको पहिलो महिला सीइओ हुने भएकी छिन् । हालका लागि मेगाको कामु सीइओको रुपमा जिम्मेवारी पाएकी उनालाई केहि समयपछि बैंकले पूर्ण सीइओ दिन लागेको मेगाका एक सञ्चालकले बताए । व्यवस्थापनले कार्यकाल नथपेपछि अनिल शाहले बैंक छाडेपछि उनी कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी हुन् ।
तत्कालिन नेपाल ग्रिन्डलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड बैक) बाट करियर सुरु गरेकी उनी त्यसपछि नबिल गएकी थिइन् । नबिलपछी उनी मेगा आएकी हुन् । चार्टडबाट अनिल शाहसँगै नबिल छिरेकी उनी नबिलबाट मेगा पनि अनिल शाहसँगै छिरेकी थिइन् । यसो त अनिल शाहले सेन्चुरी बैंकसँग कुरा गर्दा आफुसँग अनुपमा र रबिनालाई पनि बैंक ल्याउन पाए आफुलाई काममा निकै सहज हुने बताएका थिए । तर सेन्चुरीले तत्कालका लागि त्यो प्रस्ताव नमान्ने बताएको थियो । 
यस्तो त खुँजेली व्यवस्थापकीय पाटोमा अनिल शाहभन्दा पनि धेरै अब्बल मानिन्छिन् । मेगामा पनि अनिल शाह कुरा बढी गर्छन् र अनुपमा काम बढी गर्छिन् भन्ने चर्चा संचालकहरुले नै गर्ने गरेका छन्। औपचारिक रुपमा पुस २ गतेसम्म मेगामा अनिल शाहकै जागिर छ । त्यो मिति सकिएपछि खुँजेलीलाई सीइओ बनाउने तयारीमा बैंक छ । यसो त यो बीचमा अरु सीइओ ल्याउने कि भन्ने चर्चा पनि नभएको होइन । तर बजारमा खाली भएका अन्य सीइओ भन्दा खुँजेलीनै ठिक भएको भन्दै संचालक समितिले उनलाई पूर्ण सीइओ बनाउने तयारी गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: