×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नो बारेमा समाचार आएपछि बाबुराम भट्टराईले फ्यान पेजमा यस्तो स्टाटस हाले

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आफ्नो बारेमा समाचार आएपछि बाबुराम भट्टराईले फ्यान पेजमा यस्तो स्टाटस हाले

Artha Sarokar

२९ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

“दरौंदीको पानीले हुर्किएको म
गोरखालीको मायाले फुर्किएको म …” संजय गुरुङ र शिला गुरूङकाे अावाजमा रेकर्ड भएकाे याे लाेकदाेहाेरि गीतले गाेर्खालीहरूकाे मन छोएकाे छ ।   यस गीतले गोर्खाबासीहरु जाे जहाँ रहे पनि अाफ्नाे गृहजिल्ला सम्झन्छन भन्ने भब प्रस्तुत गरेको छ । तर अाज याे गीतकाे प्रशंग भने गाेर्खाली नेताकाे जीवनसँग जाेडिएकाे छ ।
यो कुरा हो नयाँशक्ती नेपालका संयाेजक डा बाबुराम भट्टराईको । गोरखा २ बाट चुनाव जितेपछि बाबुराम भट्टराईको बारेमा अनेकौं टिका टिप्पणी भए ।
प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीबीच प्रतिस्पर्धा हुने भएपछि निकै चर्चामा रहेको गोरखा २ मा अन्ततः माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पराजय बेहोर्नुपर्‍यो ।
कांग्रेससँगको चुनावी तालमेलमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई विजयी भए । माओवादीभित्र रहँदा समान हैसियतका यी दुई नेता फरकफरक गठबन्धनबाट उम्मेदवार बनेपछि त्यहाँको चुनाव सबैका लागि चासोको विषय बन्यो।
बाबुरामले चुनाव जितेपछि नागरिक न्युजले ‘श्रेष्ठको हार ‘बाबुराम ब्रान्ड’ कारक’ शीर्षकमा लेखेको समाचारको लिंक सेयर गर्दै भट्टराईले दरौंदीको पानी खाएर हुर्केको आफु गोरखाबासिको मायाले फुर्किएकाे भन्दै स्टाटस लेखेका छन् ।
उनकाे याे भनार्इले उनि जितकाे खुशियाली मनाइरहेकाे कुरा सजिलै बुझ्न सकिन्छ । गाेर्खावासिले अाफुलार्इ माया गरेर जिताएकाे उनकाे बुझार्इ छ । ”जसले जेसुकै भनोस् म चाहिं यो गित सम्झिरहेछु, – ‘दरौंदीको पानीले हुर्किएको म, गोरखालीको मायाले फुर्किएको म …”’ आफ्नो फेसबुक फ्यानमा उनले लेखेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी