
“दरौंदीको पानीले हुर्किएको म
गोरखालीको मायाले फुर्किएको म …” संजय गुरुङ र शिला गुरूङकाे अावाजमा रेकर्ड भएकाे याे लाेकदाेहाेरि गीतले गाेर्खालीहरूकाे मन छोएकाे छ । यस गीतले गोर्खाबासीहरु जाे जहाँ रहे पनि अाफ्नाे गृहजिल्ला सम्झन्छन भन्ने भब प्रस्तुत गरेको छ । तर अाज याे गीतकाे प्रशंग भने गाेर्खाली नेताकाे जीवनसँग जाेडिएकाे छ ।
यो कुरा हो नयाँशक्ती नेपालका संयाेजक डा बाबुराम भट्टराईको । गोरखा २ बाट चुनाव जितेपछि बाबुराम भट्टराईको बारेमा अनेकौं टिका टिप्पणी भए ।
प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीबीच प्रतिस्पर्धा हुने भएपछि निकै चर्चामा रहेको गोरखा २ मा अन्ततः माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पराजय बेहोर्नुपर्यो ।
कांग्रेससँगको चुनावी तालमेलमा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई विजयी भए । माओवादीभित्र रहँदा समान हैसियतका यी दुई नेता फरकफरक गठबन्धनबाट उम्मेदवार बनेपछि त्यहाँको चुनाव सबैका लागि चासोको विषय बन्यो।
बाबुरामले चुनाव जितेपछि नागरिक न्युजले ‘श्रेष्ठको हार ‘बाबुराम ब्रान्ड’ कारक’ शीर्षकमा लेखेको समाचारको लिंक सेयर गर्दै भट्टराईले दरौंदीको पानी खाएर हुर्केको आफु गोरखाबासिको मायाले फुर्किएकाे भन्दै स्टाटस लेखेका छन् ।
उनकाे याे भनार्इले उनि जितकाे खुशियाली मनाइरहेकाे कुरा सजिलै बुझ्न सकिन्छ । गाेर्खावासिले अाफुलार्इ माया गरेर जिताएकाे उनकाे बुझार्इ छ । ”जसले जेसुकै भनोस् म चाहिं यो गित सम्झिरहेछु, – ‘दरौंदीको पानीले हुर्किएको म, गोरखालीको मायाले फुर्किएको म …”’ आफ्नो फेसबुक फ्यानमा उनले लेखेका छन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्