×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले-माओवादीबीच यो कारणले एकता हुँदैन – बाबुराम भट्टराई

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एमाले-माओवादीबीच यो कारणले एकता हुँदैन – बाबुराम भट्टराई

३ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नँयाशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले एमाले र माओवादीबिच पार्टी एकता नहुने बताएका छन् । एक टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा डा भट्टराईले एमाले-माओवादीबीच पूर्ण रुपले एकता हुनसक्ने छाँटकाँट नदेखिएकाे बताएका हुन।
‘कम्युनिष्टका २ वटा घटक एक आपसमा मिल्दैछन, पार्टी एकता गर्दैछन । त्यहाँ पनि पूर्ण रुपमा त्यो ढंगले एकता नै भएर अगाडि बढ्छ जस्तो मलाई लाग्दैन ।’ डा भट्टराईले भने । पुरानै कम्युनिष्टवादी स्टालिनवादी ढाँचा भनेको अत्यन्त केन्द्रीकृत ढाँचा भएकाे भन्दै उनले त्यसले अबकाे संसार चल्न नसक्ने विश्लेषण गरे ।
‘नेपालको जुन विविधता छ, भू-राजनीतिक जटिलता छ, अत्यन्तै पिछडिएको आर्थिक अवस्था छ, यसलाई रुपान्तरण गर्न पुरानै ढाँचाको कम्युनिष्ट सोच र प्रणालीले त्यहाँ पुग्दैन। त्यसैले त्यहाँबाट पनि नँया खालको सोच र नँया प्रश्नहरु उठ्न थाल्छन। जसले १/२ बर्षपछि फेरी नँया विमर्श सुरु हुन्छ ।’ ‘ उनले अगाडि थपे-‘ र त्यतिबेला हामीले जुन वैकल्पिक धारकाे कुरा गरिराखेका छाैं त्यसकाे वरीपरी एउटा नयाँ ध्रुवीकरण सुरु हुन्छ जस्ताे लाग्छ ।’
त्यसको निम्ति आफुहरु तयारीमा रहने पनि उनको भनाई छ । ४० बर्षअघि आफुले गणतन्त्र र सविधानसभाको कुरा गर्दा त्यसबखत त्यो कुरा अरुलाई सपनाजस्तै लागेको भन्दै उनले अहिले ति सबै सपनाहरु पुरा भएको बताए । उनले भने- ‘अहिलेको अवस्थामा पनि सुशासनयुक्त सम्बृद्ध नेपालको सपना देखेको छु र त्यो बाटोमा लाग्ने मेरो प्रयत्न छ ।’
बाम गठबन्धनलाई जिताएर अहिलेको चुनावमा जनताले पुरानै शक्तिलाई रोजेको भन्दै उनले जनताको चेतनालाई पनि परिवर्तन गरेर नयाँ बाटोमा अगाडि बढ्न आफुहरु प्रयत्नशील रहेको पनि उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी