
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)बीच एकता हुने भएको छ । क्रान्तिकारी माओवादीका महासचिव र नेकपाका महासचिव विप्लवले संयुक्त रुपमा विज्ञप्ति निकालेर पार्टी एकता र क्रान्तिकारी ध्रुविकरणको लागि पहल गर्ने बताएका छन् ।
संयुक्त विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा परिवर्तनको लागि सहकार्य गर्न सकिने बताइएको छ । ।
क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनैतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरण अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्षसहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरिएको वैद्य र विप्लवले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ । वक्तव्यमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा एमाले–माओवादी केन्द्रबीचको गठबन्धन र एकताको आलोचना गरिएको छ ।
‘प्रतिनिधिसभा र प्रदेशसभाको चुनावसम्म आइपुग्दा दलाल पुँजीवादी र संशोधनवादी पार्टीहरु बीचका गठबन्धन र एकता नयाँ स्तरमा व्यक्त भएका छन्’, वक्तब्यमा भनिएको छ, ‘त्यसमा माओवादी केन्द्र एमालेमा पतन भएको छ भने नेपाली काँग्रेसले दलाल पुँजीवादी तथा पश्चगामी पार्टीहरुलाई गोलवन्द गर्ने पहल गरेको छ ।
यस सन्दर्भमा राष्ट्रिय स्वाधीनता, जनतान्त्रिक अधिकार र सामाजिक, राजनीतिक तथा आर्थिक क्षेत्रमा आमूल परिवर्तन गर्नका लागि क्रान्तिकारी कम्युनिस्टहरु बीचको वैचारिक, राजनैतिक एवं संगठनात्मक एकीकरण तथा धु्रवीकरण पनि अनिवार्य आवश्यकता बन्न पुगेको निष्कर्ष सहित त्यस क्षेत्रमा पहल गर्ने निर्णय गरियो ।’
वक्तव्यमा भारतको कडा आलोचना गर्दै सन् १९५०को असमान संन्धि हुँदै शेरबहादुर देउवा नेतृत्वको सरकारसँगको ४६ बुदें सहमतिसम्म पुग्दा कोशी, गण्डकी, महाकाली, कर्णाली, अरुण जस्ता ठूला नदीहरुमा हस्तक्षेप भएको आरोप लगाइएको छ ।
यस्तै भारतबाट सीमा अतिक्रमण लगायत आर्थिक, राजनीतिक तथा साँस्कृतिक हस्तक्षेप पनि भइरहेको दुई पार्टीको ठहर छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्