
काठमाडौँ – जनयुद्धकालिन मुद्धामा जेल सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेलले नेपालका दुई संसदीय कम्युनिष्ट पार्टी एमाले र माओवादीलाई एकताका लागि शुभकामना दिएका छन् ।
डिल्लीबजारस्थित कारागारमा भेट्न गएको पत्रकारहरुसँगको कुराकानीमा नेता ढुंगेलले विचार मिल्ने पार्टीबीच एकता हुनुपर्ने भन्दै अग्रिम शुभकाना दिएका छन् ।
माओवादी केन्द्र एमालेको विचारमा पुगिसकेको भन्दै अब चाँडै एकता हुनुपर्ने बताए र साथै कुनै पनि हालतमा भाडिनु नहुने उँहाले बताए । नेता ढुंगलले जनयुद्धको नेतृत्व गरेको माओवादी नेतृत्वले एमालेको दक्षिणपन्थी विचार र कार्यदिशालाई स्वीकार गर्नु र दुःखद् भएको समेत बताए ।
“एउटै देशमा दुईओटा एमाले आवश्यक थिएन, एकता हुने भन्ने सुनेको छु । उहाँहरुलाई शुभकाना छ, दुईओटा दक्षिणतिरका यात्रामा रहेका कम्युनिस्ट पार्टी एक हुने राम्रै कुरा हो” ढुंगेलले भने । उनले एमाले अध्यक्ष ओली र माके अध्यक्ष ओलीले समाजवादी क्रान्ति गर्ने भनेर जनतालाई भ्रम दिएको समेत बताए ।
जनयुद्धलाई अपराध देख्ने राज्य संरचनाभित्रै रहेर समाजवाद ल्याउछु भन्ने प्रचण्डका कोरा सपना मात्रै भएको बताउँदै ढुंगेलले भने, “मलाई अपराधी देख्नु भनेको प्रचण्डलाई अपराधी भनेको हो, यो भनेको जनयुद्ध नै अपराधी गतिविधि थियो भन्ने नै हो, यही राज्यसत्तामै बसेर समाजवाद ल्याउछु भन्नु प्रचण्डले दिउँसै देखेको सपना हो । अझ आफ्नै पार्टीको नेता गिरफ्तार पर्दासम्म विज्ञप्ति निकल्ने हिम्मत नभएका प्रचण्डले समाजवादी क्रान्तिका कुरा बेकारका गफ मात्रै हुन् ।”
एमाले र माकेको एकताले क्रान्तिकारीलाई बाटो खुला भएको समेत नेता ढुंगेलले बताए । “कसैले क्रान्तिकारी रथ अगाडि बढाउने हिम्मत गर्छ भने बाटो खुला हुँदैछ, यो क्रान्तिकारीको लागि खुशीको कुरा हो” उनले भने ।
नेता ढुंगेलले आफूलाई मात्रै नभएर विभिन्न मुद्धामा अरु नेताहरुलाई पनि जेल हाल्ने तयारी भइरहेको बताए । उनले माओवादी केन्द्रका नेता अग्नि सापकोटासहितका नेताहरुलाई दोस्रो चरणमा गिरफ्तार गर्ने र अन्तमा प्रचण्ड र बाबुरामलाई गिरफ्तार गर्ने दाबी समेत गरे ।
“मलाई गिरफ्तार गर्न सफल भएपछि अब अग्निजीसहितका केही साथीहरुलाई तयारी गर्दैछन् र अन्तिममा प्रचण्ड र बाबुरामलाई नै गिरफ्तार गरिनेछ । त्यतिबेलो उनीहरुले विज्ञप्ति निकाल्ने कोही पाउने छैनन्” ढुंगेलले भने । उनले त्यसबाट बच्ने जति प्रयास गरेपनि एक दिन प्रचण्ड जेलमा जाने दाबी गरे ।
जनयुद्धलाई अपराध देख्ने राज्य संरचनाभित्रै रहेर समाजवाद ल्याउनु भन्ने प्रचण्डका कोरा सपना मात्रै भएको बताउँदै ढुंगेलले भने, “मलाई अपराधी देख्नु भनेको प्रचण्डलाई अपराधी भनेको हो, यो भनेको जनयुद्ध नै अपराधी गतिविधि थियो भन्ने नै हो, यही राज्यसत्तामै बसेर समाजवाद ल्याउछु भन्नु प्रचण्डले दिउँसै देखेको सपना हो । अझ आफ्नै पार्टीको नेता गिरफ्तार पर्दासम्म विज्ञप्ति निकल्ने हिम्मत नभएका प्रचण्डले समाजवादी क्रान्तिका कुरा बेकारका गफ मात्रै हुन् ।”
नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता चाँडो हुने पर्ने धारणा ढुंगेलले राखे । उनले प्रचण्ड जनयुद्धका एजेण्डा छोडेर एमालेको संशोधनवादी एजेण्डालाई आत्मसात गरेका कारण दुबै पार्टीबीच एकता हुनु अनिवार्य जस्तै भएको बताए । “एउटै देशमा एउटै विचार बोक्ने दुई पार्टी सम्भव थिएन, एमाले र माकेबीच एकता पनि त्यही हो” ढुंगेलले भने । उनले गणतन्त्रको लागि लडेको माओवादी शक्तिलाई एमालेमा भित्र्याएर आफू असली गणतन्त्रवादी एमालेहरु सच्चा गणतन्त्रवादी हुन लागेको बताए । ढुंगेलले राणाको विरुद्ध लड्ने प्रजा परिषद्लाई काँग्रेसले आफूसँग मिसाएर प्रजातन्त्रवादी भएजस्तै एमालेले माओवादीलाई मिसाएर गणतन्त्रवादी हुन लागेको बताए । उनले दुई पार्टीको एकतालाई सच्चा गणतन्त्रवादीलाई सिध्याउने एमालेको चाल भएको दाबी गरे ।
एमाले र माकेबीचको एकताले क्रान्तिकारी शक्तिलाई बाटो खुला हुने बताउँदै नेता ढुंगेलले चाँडो एकता हुनुपर्ने धारणा राखे । “एमाले र माके घोर दक्षिणपन्थी हुन् । त्यो भन्दा ठूलो दक्षिणपन्थी काँग्रेस भएका कारण मात्रै यतिमै रोकिएका छन्” ढुंगेलले भने । उनले माओवादी केन्द्रभित्रका क्रान्तिकारीहरुले सोच्ने बेला आएको समेत बताए ।
त्यसैगरी नेता ढुंगेलले अाफ्नो गिरफ्तारविरुद्ध सडक निस्केकोमा नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकार्तालाई धन्यवाद दिए । अाफ्नै पार्टीका अध्यक्ष प्रचण्डले विज्ञप्ति निकाल्न हिम्मत नगरेको बेला नेकपा विप्लवले मु्द्दा व्यक्तिगत होइन भन्दै विज्ञप्ति निकालेको भन्दै धन्यवाद दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्