
काठमाडौँ – नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुटो बोलेको बताएका छन् । खाँणले नेपाली काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्रीको लागि कुनै अफर नगरेको बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको भनाई सार्वजनिक गरेसँगै खाँणले उक्त कुराको खण्डन गरेका छन् । उनले नेपाली काँग्रेस प्रतिपक्षमा बस्न तयार समेत बताए ।
नेता खाँणले नेपाली काँग्रेसलाई सत्ताको कुनै लोभ नभएको र प्रतिपक्षमा बस्न तयार भइसकेकोले कसैलाई प्रस्ताव नराखेको भन्दै भने, “हामीले कसैलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेका छैनौं, यसबारे प्रधानमन्त्रीको कसैसँग कुरा भएको छैन, बाहिर आएका सबै कुरा झुटा हुन् ।”
सोमबार बसेको केन्द्रीय कार्यालय बैठकमा प्रचण्डले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्रीको लागि प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको बताएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्