
काठमाडौं– काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक तथा केन्द्रीय सदस्य रहेका बालकृष्ण खाँडले आवश्यक परे पार्टीले महाधिवेशन बोलाउन सक्ने बताएका छन् । चुनावी नतिजालाई लिएर काँग्रेसका केही यूवा नेताले महाधिवेशन बोलाउन माग गरिरहेका बेला देउवा निटक मानिने नेता खाँडको यस्तो प्रतिक्रिया आएको हो ।
नेता खाँडले पार्टी हारको विषय केन्द्रीय समिति वैठकमा छलफल हुने बताए । ‘अब हाम्रो केन्द्रीय समितिको बैठकले यस विषयमा विषद् छलफल गर्नेछ । काँग्रेसले आफ्नो कार्यालय सुधार्नु पर्ने हो कि ? नेताहरुले शैली बदल्नु पर्ने हो कि ? समय सान्दर्भिक हाम्रो दृष्टिकोण बदल्नु पर्ने हो कि ? अथवा हाम्रो व्यवस्थापकिय क्षमता बढाउनु पर्ने हो हामी त्यसको आमूल परिवर्तनका लागि छलफल गर्छौँ ।’ नेता खाँडले भने,
‘पार्टीको केन्द्रीय समिति बस्छ त्यसले पुगेन भने महासमिति पनि बस्नेछ त्यसले पनि नपुगेमा महाधिवेशन पनि हुनेछ । तर, अहिले भनेको पार्टी एकढिक्का हुने बेला हो ।’ नेता खाँडले अहिले काँग्रेस नेताहरुवीच हानथाप गर्ने बेला नभएको पनि बताएका छन् ।
चुनौतीको यो घडीमा सबै एकभई चुनौतीको सामना गर्नु पर्नेमा आदरणीय सभापति शेरबहादुर देउवा, आदरणीय नेता रामचन्द्र पौडेल, आदरणीय महामन्त्रीलाई एकढिक्का बनाएर शसक्त बनाउनु पर्नेमा काँग्रेस भित्र मतान्तर, नेतृत्वको हानथाप गर्नु हुँदैन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्