
काठमाडौँ – निर्वाचनमा बर्दिया–१ का एमाले नेता, कार्यकर्तालाई परिचालन गर्नुको सट्टा बद्नाम पूर्व कृषिमन्त्री हरि पराजुली, बलराम बाँस्कोटा, कैलालीबाट शारदा सुवेदी, बाँकेबाट दलबहादुर सुनवारलाई जम्मा पारेर यिनीहरुकै कमाण्ड बनाएर निर्वाचन प्रचार प्रसार अभियान थालेकै कारण पराजित हुन पुगेपछि एमालेमा वामदेव गौतमको पराजयले समस्या निम्त्याएको छ ।
एमाले उपाध्यक्ष गौतमले बर्दिया– १ का आफ्ना स्थानीय नेता तथा कार्यकर्तालाई बेवास्ता गर्दै माथि उल्लेखित चार भाइलाई मात्रै अघि पछि लगाएर मञ्चको दायाँबायाँ लगाएका कारणले ७५३ मतले पराजित हुन पुगे ।
बर्दिया १ मा कुनै प्रभाव नभएका र स्थानीय कार्यकर्ता र नेताहरुले नचिनेका सुवेदी, सुनवार, बाँस्कोटा र पराजुलीले वामदेव गौतमलाई निर्वाचन अवधिभर घेराबन्दीमा पारेका कारण निरीह भइ असन्तुष्ट बनेका स्थानीय एमाले कार्यकर्ता पंक्तिको निस्क्रियताले पनि वामदेवले पराजित भोग्न बाध्य हुनुपर्यो । साँघु साप्ताहिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्