
काठमाडौं – माओवादी केन्द्रका नेता बर्षमान पुन माओवादी केन्द्रलाई वाम गठबन्धन छाडेर लोकतान्त्रिक गठबन्धनसँग नयाँ सहमति गर्न कांग्रेसले प्रस्ताव गरेको खुलासा गरेका छन् ।
नेता बर्षमान पुनले अन्तर्वार्ता दिने क्रममा यस्तो खुलासा गरेका हुन् । ‘नेपाली कांग्रेसले वाम गठबन्धन छोडेर लोकतान्त्रिक गठबन्धनसँग नयाँ सहमति गर्न माओवादी केन्द्रलाई प्रस्ताव गरेको छ,’ उनको भने-‘ यद्यपि वर्तमान परिस्थितिमा वाम गठबन्धन तोड्ने माओवादीको कुनै चाहाना छैन्।’
पुनको अभिव्यक्तिले एमाले भने ससंकित बनेको छ । उनले वाम गठबन्धन बनाउँदा प्रधानमन्त्री र पार्टी अध्यक्ष आलोपाले गर्ने सहमति दुई पार्टीबीच भएको समेत दावी गरेका छन्।
‘यदि माओवादीका नेता प्रधानमन्त्री भए एमाले नेता पार्टी अध्यक्ष हुने र एमाले नेता प्रधानमन्त्री भए माओवादी नेता प्रार्टी अध्यक्ष हुने नै त्यो बेला सहमतिको मुख्य आधार हो,’ दि काठमाण्डू पोष्टसँगको अन्तर्वार्तामा नेता अनन्तले भनेका छन्।
दुई कम्प्युनिष्ट पार्टीहरु नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)ले चुनाव पहिले घोषणा गरे अनुरुप दुई पार्टीबीच एकता नहुने को कि भन्ने आशंका उब्जि रहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने नेताबाट यस्तो धारणा आएको हो।
वाम गठबन्धनलाई जनताले चुनावमा अनुमोदन गरिसकेको भन्दै नेता अनन्तले अब अन्य कुरामा लाग्न नहुनेमा जोड दिएका छन्। ‘पार्टी एकता, स्थायित्व र समृद्धिका लागि लाखौं मतदाताले समर्थन जनाएका छन्,’ उनको भनाई छ,‘ यदि कोही त्यस उदेश्य विपरित जान्छ भने त्यो देश विकास र वाम गठबन्धन मार्फत पार्टी एकतासम्म पुग्ने निर्णय विपरित हुन्छ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्