
काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ३, ४ र १० बाट विवेकशील साझा पार्टीका उम्मेदवार बनेका तीन जनाको जमानत जफत भएको छ।
जमानत जफत हुनेमा कांग्रेस उम्मेदवार गगन थापासँग चुनाव लडेकी विवेकशील साझाकी सुबुना बस्नेत पनि छिन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बस्नेतले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ को उपदफा १ का अनुसार १०% मत ल्याउन नसक्दा जमानत जफत भएको हो । बस्नेतले कुल सरदर मतमध्ये जम्मा ६ दशमलव ८१ प्रतिशत मत मात्र प्राप्त गरेकी छिन्।
काठमाडौं ४ मा जम्मा ४४ हजार ५ सय ८९ मत सदर भएको छ। उक्त क्षेत्रमा ६३ हजार २ सय १५ मतदाता छन्। कुल सदर मतमा सुबुनाले ३ हजार ४० मत प्राप्त गरेकी छिन्। विजयी उम्मेदवार गगनले २१ हजार ५ सय ५८ मत प्राप्त गरेका छन्।
यस्तै, काठमाडौं-३ का विवेकशीलकी उम्मेदवार सुमित्रा सिंह लामाको पनि जमानत जफत भएको छ । सिंहले जम्मा ५ दशमलव ६५ प्रतिशत मत प्राप्त गरेकी छिन्। यो क्षेत्रमा खसेको मतमध्ये ३९ हजार ३ मत सदर मत छ। जसमा सिंहले २२ सय ५ मत ल्याएकी छिन्। उक्त क्षेत्रमा ५३ हजार ८ सय २४ मतदाता छन्। उक्त क्षेत्रका विजयी उम्मेदवार नेकपा एमालेका कृष्णबहादुर राईले १९ हजार १ सय ६९ मत ल्याएका छन्।
जमानत जफत हुने अर्का उम्मेदवार हुन्, काठमाडौं क्षेत्र नम्बर १० का प्रदीप ढकाल। विवेकशीलका ढकालले जम्मा ३ दशमलव ६३ प्रतिशत मत ल्याएका छन्। सदर भएको कुल ५५ हजार ११० मत मध्ये ढकालले २ हजार ३ मत ल्याएका छन्। उक्त क्षेत्रमा ७१ हजार २ सय १ मतदाता छन्। उक्त क्षेत्रका विजयी उम्मेदवार कांग्रेसका राजेन्द्र कुमार केसीले २४ हजार १ सय ९० मत ल्याएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्