
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार र दलहरूबाट जस्तोसुकै दबाब आए पनि संविधानविरुद्ध काम नगर्ने प्रस्ट पारेकी छिन । प्रधानमन्त्री शेरबहादुर देउवा र वाम गठबन्धनका दुई दलहरूले एकअर्काविरोधी दबाब दिएपछि राष्ट्रपति भण्डारीले संविधानको भावनाविरुद्ध आफू कुनै काम गर्न मञ्जुर नभएको बताएकी छिन् ।
राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको विषयमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने दबाब दिएका छन् भने बमगठबन्धनका एमाले नेता अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले फिर्ता पठाउनुपर्ने अडान राखेका छन् । भर्खरै सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत हासिल गरेका वाम गठबन्धनका नेताहरूको अध्यादेश फिर्ता पठाउनुपर्ने अडान र अध्यादेश जारी हुनैपर्ने प्रधानमन्त्रीको अडानबीच राष्ट्रपति भण्डारीले संविधानसम्मत निकास मात्रै आफूले मान्ने प्रस्ट पारेकी हुन् ।
संविधानको संरक्षकको हैसियतले आफूले दबाबमा परेर संविधानविरुद्ध काम गर्न नसक्ने राष्ट्रपतिको भनाइ छ । प्रधानमन्त्रीसँग दलहरूबीच सहमति कायम गरी संविधानसम्मत निकास खोज्न सुझाएकी राष्ट्रपति भण्डारीले बुधबार भएको भेटमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहाललाई पनि सोही अडान राखिन् ।‘दबाबमा परेर संविधानकै विरुद्धमा जान सक्दिनँ, तपाईंहरूले सहमति गरेर संविधानसम्मत निकास दिनोस्, दलहरू मिलेपछि जे पनि गर्न सकिन्छ, संविधानको भावनाविपरीत पनि जान सकिन्छ भन्ने कुराचाहिँ नहोस्,’।
शीतलनिवास स्रोतका अनुसार ओली र दाहालसँग राष्ट्रपतिको भनाइ थियो ।उनले सोही धारणा प्रधानमन्त्री देउवालाई प्रस्ट रूपमा राखेको जानकारीसमेत दिएकी थिइन् । राष्ट्रपति कार्यालयले राजनीति जान्दैन, संविधान मात्रै हेर्छ, संविधानअनुसार नभए जस्तोसुकै दबाब दिए पनि केही हुन्न,’ प्रधानमन्त्रीलाई दिएको सुझाब उद्धृत गर्दै ओली र दाहाललाई राष्ट्रपतिको सुझाब थियो । उनले चुनावमा बहुमत प्राप्त गरी जनताबाट म्यान्डेट पाएको दल एमाले र माओवादीबाट संविधानसम्मत निकासका लागि पहलकदमी हुन नसकेको भन्दै असन्तुष्टिसमेत जनाइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्