×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुनः निर्वाचन भएको रुकुमकाे अाठबिसकाेट मतदान केन्द्रमा बम बिस्फोट

PRIME CA

पुनः निर्वाचन भएको रुकुमकाे अाठबिसकाेट मतदान केन्द्रमा बम बिस्फोट

१५ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

रुकुम – पश्चिम रुकुमकाे अाठबिसकाेट नगरपालिका ११ मा अाज पुनः भइरहेको मतदान केन्द्र नजिक बम बिस्फोट भएको छ । बिहान ७ बजेदेख मतदान सुरु भएसँगै बम बिस्फोट भएको छ । मतदान केन्द्र नजिक २ वटा शक्तिशाली बम बिस्फोट भएपछि मतदाताहरु त्रसित भएका छन् । अहिले उक्त ठाउँमा ब्यापक नेपाली सेना परिचालन गरिएको छ ।
पश्चिम रुकुमकाे बाँफीकोट आठबिसकोट नगरपालिकाका एक/एक मतदान केन्द्रमा १० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको हो । 
बाँफीकोट गाउँपालिका ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतासैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मतदानमा अाज पनि प्रभाव पर्ने देखिएको छ ।
बाँफीकोटको मतदान केन्द्रको मतपेटिकामा २४६ मत र आठबिसकोटको मतपेटिकामा ३ सय ३ मत खसेका बेला मतपेटिकामा आगो देखिएपछि पानी हालेर निभाइएको थियो । एसिड हालेको आशंकामा प्रहरीले बाँफीकोटबाट कल्पना केसी र आठबिसकोटबाट केशव खड्कालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । खड्का कांग्रेसका कार्यकर्ता हुन् ।
उनी मतदान केन्द्रमा कांग्रेसको प्रतिनिधिको रुपमा खटिएका थिए । यसैविच कांग्रेस पनि चुनावमा सहभागि भएपनि मतदाताहरु खासै सहभागी नभएको त्यहाका स्थानीयले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: