Skip to content
LAXMI SUNRISE BANK

चुनावपछी पनि रोकिएन बम आतंक, सिराहामा बम पड्किंदा ३ जना घाइते, एक जना गम्भीर !

अर्थ सरोकार

चुनावका समयमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले ठाउँठाउँमा बम राखेर आंतक सिर्जना गरे । चुनावपछी त यस्तो काम रोकिएला भन्ने धेरैको सोच थियो । तर त्यसो भएन।   सदरमुकाम सिरहास्थित जिल्ला मालपोत कार्यालयमा आज दिउँसो बम विस्फोट हुँदा ३ जना घाइते भएको खबर अर्थ सरोकार डटकमलाई प्राप्त भएको छ । 
घाइते हुनेमा मालपोत कार्यालय अगाडि लेखापढी व्यवसाय गर्दै आउनुभएका सिरहा नगरपालिका–१ का ४५ वर्षीय पवन पासवान, सेवाग्राही सिरहा नगरपालिका–१२ सारस्वरका राजकुमार पासवान र सोही ठाउँका रोशन पासवान रहेको सिरहाका प्रहरी नायब उपरीक्षक राजकुमार भेटवालले जानकारी दिए । बमको छर्रा लागेर गम्भीर घाइते भएका तीनैजनाको जिल्ला अस्पताल सिरहामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले बताए।
बम कसले र किन विस्फोट गराएको हो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भेटवालले जानकारी दिए। मालपोत कार्यालयका प्रमुखको कार्यकक्ष अगाडि रहेको सोफामुनि राखिएको प्रेसरकुकर बम आज दिउँसो अचानक विस्फोट हुँदा कार्यालयको पर्खालमा क्षति पुगेको छ भने झ्यालका सिसासमेत फुटेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK