
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – सेञ्चुरी बैंकका सञ्चालक सुनील कुमार न्यौपाने सञ्चालक हुन अग्योग्य भएको खुलासा भएको छ । बैंक तथा वित्तीय संस्था ऐन अनुसार न्यौपानेको बैंकिङ अनुभव नपुगेकाले उनी अयोग्य भएका हुन् । आउँदो फाल्गुनसम्म बैंकमा पेलेरै बस्न सकेको खण्डमा उनको बैंकिङ अनुभव पुग्ने देखिएको छ । सोहि कारण उनी कानुन मिचेरै भएपनि पदमा बसीरहेका छन् ।
यसो त बैंकभित्रै पनि न्यौपानेको योग्यतालाई लिएर प्रश्न नउठेको होइन । तर नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारीहरु समेत रहेको बैंकमा उनीहरुकै संरक्षणमा न्यौपाने पदमा बसीरहेको बैंक स्रोतले दावी गरेको छ । ‘सुनील न्यापाने सरको योग्यता पुगेको छैन । संचालक हुन चाहिने बैंकिङ अनुभव उनीसँग छैन । तर बैंकमा उनी हालीमुहाली गरेर बसेका छन् ।’ आफ्नो नाम नबताउने सर्तमा बैंकका एक कर्मचारीले अर्थ सरोकारलाई भने । उनका अनुसार न्यौपानेको योग्यता नपुगेको बारे नेपाल राष्ट्र बैंकका उच्च तहका कर्मचारीलाइ पनि थाहा छ । तर यसो हुँदा हुँदै पनि नेपाल राष्ट्र बैंकसँगकै मिलेमतोमा उनी हाल संचालककै रुपमा पदमा बसीरहेका छन् ।
यता हामीले यसबारे उनीसंग पनि बुझ्न खोजेका थियौं । तर मंगलबार २ पटक सम्पर्क गर्न खोज्दा पनि उनीसँग सम्पर्क भएन ।
यद्यपी योग्यता नपुगेर पदमा बसीरहने संचालक उनीमात्र होइन । मेगा बैंकका सञ्चालक सीएन पाण्डे पनि योग्यता नपुगेरै पनि पदमा बसीरहेका छन् । सेञ्चुरी बैंकमा भने अनिल शहा सीइओको रुपमा आउने भएपछी बैंकको असन्तुष्ट पक्षले बैंकभित्रका विभिन्न लफडाहरु छताछुल्ल पार्न थालेका छन् । नाम नबताउने सर्तमा बैंकका एक तल्लो तहका कर्मचारी भन्छन्, ‘तह तल्लो भएपनि मलाई बैंकका विभिन्न लफडाबारे थाहा छ । अहिले एचआर विभागमा कतिसम्म हस्तक्षेप छ भन्ने कुरा गरीसाध्ये छैन । बैंकमा मनलाग्दी बढेको छ । जुन संस्था मर्जर गरेर ल्याएको हो, त्यो संस्थाबाट आएका कर्मचारीले भकाभक बैंक छोड्दैछन् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्