Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको नयाँ नियम ! बैंक तथा वित्तीय संस्थाको सीइओ हुन अव व्यवस्थापन पढेको हुनु नपर्ने !

अर्थ सरोकार

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको सीइओ बन्नका लागि आवश्यक शैक्षिक योग्यताको दायरा परिवर्तन गरेको छ । नियामक निकाय नेपाल राष्ट्रबैंकले बैंक तथा बित्तीय संस्थाका संचालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४ को विनियम ५ को खण्ड(ख)को उपखण्ड (अ)मा संसोधन गरेर शैक्षिक योग्यता दायरा परिवर्तन गरेको हो । परिवर्तित नियम अनुसार अवदेखि बैंक तथा वित्तीय संस्थाको सीइओ हुन व्यवस्थापन नै पढेको हुनु पर्दैन । 
यसअघि चार्टर्ड एकाउण्टेन्सी वा व्यवस्थापन, बैकिङ, बित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, गणितशास्त्र, व्यापार प्रशासन, जनप्रशासन र कानून बिषयमा स्नातक हुने मात्र क, ख, ग र घ वर्गको बैंक तथा बित्तीय संस्थाको सीइओ तथा संचालक हुन पाउने व्यवस्था थियो । तर अव आरडी र कृषि, सोसोलोजी जस्ता विषय पढेकाले पनि बैंक तथा वित्तीय संस्थाको सीइओ हुन पाउने भएका छन् । 
अव व्यवस्थापन बाहेकका माथि उल्लेखित विषय पढेर समेत बैकिंग वा बित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तराष्टिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तीमा तीनवर्षको कार्यानुुभव हासिल गरेको व्यक्ति पनि अब बैंक तथा वित्तीय संस्थाको सीइओ वा संचालक हुन पाउनेछन् । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK