
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- केहि समय अगाडी उठेर सेलाएको भ्याटका कुरा फेरि बल्झिएको छ । यसपाली भने कुनै पनि हालतमा ब्रोकर कमिसनमा भ्याट लगाउने भन्दै आन्तरिक राजश्व कार्यालयले विभिन्न ब्रोकरहरुलाई पत्र काटेको छ । राजश्व बिभागले ब्रोकर नम्बर ५२ नम्बरको क्रिस्टल कन्चनजंघा सेक्युरिटी, ५३ नम्बर ब्रोकर अक्सफोर्ड सेक्युरिटी र ब्रोकर नम्बर ५४ सुनधारा सेक्युरिटीलाई भ्याट तिर्नका लागि पत्राचार गरेको छ । यी ३ कम्पनीले करिव ४ करोड भ्याट बुझाउनुपर्ने देखिन्छ । १५ दिनको म्याद दिएर पत्र काटिएको छ । प्रति ब्रोकर १ करोड १५ लाखदेखि १ करोड ५० लाखसम्म भ्याट निर्धारण गरि १५ दिनभित्र तिर्नका लागि पत्राचार गरिएको हो ।
ब्रोकर एसोसीएसनको आपतकालीन बैठक !
यता ३ कम्पनीलाई आन्तरिक राजश्व विभागले पत्र काटेसँगै स्टक ब्रोकर एशोसिएशनको कार्यसमितिको आकस्मिक बैठक डाकिएको छ । उक्त समितिले राजश्वको पत्र पछी कसरी अगाडी बढ्ने भन्ने विषयमा छलफल गरेको छ । यद्यपी अव कस्ता खालका कार्यक्रम अगाडी बढाउने, आन्दोलन गर्ने कि के गर्ने ? लगायतका विषयमा भने समितिले कुनै निर्णय लिन सकेको छैन । ‘बैठक बसेको हो । तर खास निर्णय भएन । के गर्ने, कसो गर्ने भन्ने कुरामै अल्झियों ।’ एसोसीएसनका एक कार्यकारी समितिले भने, ‘अव छिट्टै निर्णयमा पुगेर यसको बारेमा आफ्नो धारणा प्रस्तुत गर्छौं ।’
नेप्से महाप्रबन्धकले ग्रीन सिग्नल दिएपछि फेरि बल्झियो भ्याट प्रकरण :
यसो त केहि स्टक कम्पनीहरुले आफु नेप्सेको जीएम हुने बेलामा सहयोग नगरेको भन्दै नेप्सेका जीएम चन्द्र साउदले आन्तरिक राजश्व विभागका उच्च तहका कर्मचारीहरुसंगको कुराकानी पछी राजश्व विभागले यस्तो पत्र काटेको बुझिएको छ । ‘हामीले त नेप्सेका जीएमसँग नै कुराकानी गरेका हौँ । उहाँले ‘ठोके हुन्छ’ भनेपछि हामी अगाडी बढेका थियौं । अव कुनै पनि हालतमा कमिसनमा भ्याट लाग्छ । सुरुमा यी ३ कम्पनीलाई भ्याट लगाएरै छाड्ने हो । त्यसपछि ३ वटालाई लगाईसकेपछी अन्यलाई नलगाई नै भएन नि !’ विभागका एक उच्च अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।
कांग्रेस सरकारकै पालामा नयाँ शक्तिको नेता भएर पनि नेप्सेको जीएम हुने ‘प्रायोजित मौका’ पाएका साउद अहिले कांग्रेसको हारको नतिजा आएसँगै हौसिएको बताइएको छ । यसबारे साउदसँग नै प्रतिक्रिया लिन खोज्दा भने उनी सम्पर्कमा आएनन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्