×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनले भन्योः नेपालमा हाम्रो सबैभन्दा नजिकको मित्र माओवादी केन्द्र

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

चीनले भन्योः नेपालमा हाम्रो सबैभन्दा नजिकको मित्र माओवादी केन्द्र

Artha Sarokar

१५ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीका एक नेताले नेपालमा नेकपा माओवादी केन्द्र आफ्नो सबैभन्दा नजिकको राजनीतिक शक्ति भएको बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विदेश विभागअन्तर्गत एसिया ब्युरोका महानिर्देशक युआन चिपिङले नेपालको माओवादी केन्द्र र आफ्नो पार्टीबीच संसारका अरु कुनै पार्टीहरुको भन्दा बैग्लै र विशेष सम्बन्ध रहेको बताएका हुन् ।
चीन भ्रमणमा रहेको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँग युनान प्रान्तको कुन्मिङमा भएको भेटमा सीपीसीका नेता पिङले नेपालको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा उच्च प्रशंसा गरेको भ्रमण टोलीको नेतृत्व गरेका माओवादी केन्द्रका विदेश विभाग सचिव युवराज चौलागाईंले बताए । माओवादी टोली भेट्न पिङ राजधानी बेइजिङबाट कुन्मिङस्थित नेपाली प्रतिनिधि मण्डल बसेको होटल पुगेका थिए ।
‘उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको नेकपा माओवादी केन्द्रसँग संसारकै अरु कुनै पार्टीहरुको भन्दा बैग्लै र विशेष सम्बन्ध रहेको छ भन्नुभयो’, उनले भने ‘माओवादी र सीपीसीबीच माया र कमरेडको गहिरो सम्बन्ध छ, जुन दुनियाँका अरु कुनै पार्टीसँगको भन्दा अलग र विशेष छ ।’
चौलागाईंका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले नेपालमा राजनीतिक परिवर्तनमा जस्तै विकास कार्यमा पनि माओवादी केन्द्र बाटो देखाउने बत्ती बनोस भन्ने कामना गरेको उल्लेख गरे । त्यस क्रममा उनले सीपीसीले सिजिनपिङ विचारधारा थप गरिएको र चिनियाँ विशेषताको समाजवाद नयॉ चरणमा प्रवेश गरेको जानकारी गराए ।
नेता चौलागाईंले अध्यक्ष प्रचण्ड र पार्टीका तर्फबाट नवनिर्वाचित महासचिव सी जिन पिङ, सीपीसी र सिङ्गै चीनलाई बधार्इ दिए । उनले भूकम्पपछिको चिनियाँ उच्च सहयोगको प्रशंसा गरे ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी