
काठमाडौँ – चिनियाँ कम्युनिष्ट पार्टीका एक नेताले नेपालमा नेकपा माओवादी केन्द्र आफ्नो सबैभन्दा नजिकको राजनीतिक शक्ति भएको बताएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को विदेश विभागअन्तर्गत एसिया ब्युरोका महानिर्देशक युआन चिपिङले नेपालको माओवादी केन्द्र र आफ्नो पार्टीबीच संसारका अरु कुनै पार्टीहरुको भन्दा बैग्लै र विशेष सम्बन्ध रहेको बताएका हुन् ।
चीन भ्रमणमा रहेको माओवादी केन्द्रको प्रतिनिधि मण्डलसँग युनान प्रान्तको कुन्मिङमा भएको भेटमा सीपीसीका नेता पिङले नेपालको राजनीतिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकामा उच्च प्रशंसा गरेको भ्रमण टोलीको नेतृत्व गरेका माओवादी केन्द्रका विदेश विभाग सचिव युवराज चौलागाईंले बताए । माओवादी टोली भेट्न पिङ राजधानी बेइजिङबाट कुन्मिङस्थित नेपाली प्रतिनिधि मण्डल बसेको होटल पुगेका थिए ।
‘उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको नेकपा माओवादी केन्द्रसँग संसारकै अरु कुनै पार्टीहरुको भन्दा बैग्लै र विशेष सम्बन्ध रहेको छ भन्नुभयो’, उनले भने ‘माओवादी र सीपीसीबीच माया र कमरेडको गहिरो सम्बन्ध छ, जुन दुनियाँका अरु कुनै पार्टीसँगको भन्दा अलग र विशेष छ ।’
चौलागाईंका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीले नेपालमा राजनीतिक परिवर्तनमा जस्तै विकास कार्यमा पनि माओवादी केन्द्र बाटो देखाउने बत्ती बनोस भन्ने कामना गरेको उल्लेख गरे । त्यस क्रममा उनले सीपीसीले सिजिनपिङ विचारधारा थप गरिएको र चिनियाँ विशेषताको समाजवाद नयॉ चरणमा प्रवेश गरेको जानकारी गराए ।
नेता चौलागाईंले अध्यक्ष प्रचण्ड र पार्टीका तर्फबाट नवनिर्वाचित महासचिव सी जिन पिङ, सीपीसी र सिङ्गै चीनलाई बधार्इ दिए । उनले भूकम्पपछिको चिनियाँ उच्च सहयोगको प्रशंसा गरे ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्