×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विहान ७ बजेको अपडेट : हेर्नुहोस् कहाँ कसले मारे बाजी, को कहाँ अगाडी ? देशभर ‘बाम’ छाउने संकेत !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

विहान ७ बजेको अपडेट : हेर्नुहोस् कहाँ कसले मारे बाजी, को कहाँ अगाडी ? देशभर ‘बाम’ छाउने संकेत !

२२ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ- विहान ७ बजेको अपडेट हेर्दा देशभर बाम छाउने संकेत देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको मत गणनामा बाम गठबन्धनका उम्मेदवार चार स्थानमा विजयी बनेका छन् भने २२ स्थानमा अगाडि छन् । यता प्रतिनिधि सभातर्फ एमाले १२ र माओवादी केन्द १० स्थानमा अगाडि छ भने त्यस्तै प्रदेशतर्फ एमाले १० र माओवादी केन्द्र ८ स्थानमा अग्रता लिएको छ ।

जताततै बामकै चर्चा भइरहंदा मुस्ताङमा एमालेका प्रेमप्रसाद तुलाचन प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी ३५४४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रोमी गौचन थकालीले ३२८१ मतमात्र ल्याएका छन् ।  त्यस्तै, प्रदेशसभा तर्फ निर्वाचन क्षेत्र खमा वाम गठठबन्धनकै महेन्द्रबहादुर थकालीले २४८४ मत ल्याएर विजयी भएका छन् ।

यता रुकुममा पनि बामकै बर्चश्व हुँदा माओवादी केन्द्रकी उम्मेदवार कमला रोकाले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीलाई १४ हजार ४ सय ३४ मत ल्याएर पराजित गरेकी हुन् । घर्तीले ४ हजार ४ सय ६ मत पाएका थिए । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी